Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

जन्मदिनमा निताले भनिन्, `अनाथ बच्चा पाल्छु`

फिल्मीखबर, काठमाण्डौ, 2013/09/16

अभिनेत्री निता ढुङ्गानाले आफ्नो जन्मदिन अनाथ बालबालिकासँग मनाउने भएकी छिन् । हेटौंडा नगरमा जन्मिएकी निताले आज दिउँसो २ बजे काडाँघारी स्थित सृजनशील अनाथ गृहमा १७ जना बालबालिकासँग जन्मदिन मनाउने तयारी गर्दैछिन् ।

 

'अनाथ गृहमा २२ औं जन्मदिनको केक काट्छु,' सञ्चारकर्मीलाई समेत केक काट्ने कार्यक्रममा निमन्त्रणा दिएकी वर्थडे गर्लले सुनाइन्- 'आमा नभएकाले एक्लो अनुभव गर्दैछु । त्यसकारण बालबालिकासँग केक काट्ने कार्यक्रम बनाएकी हुँ ।' गाला रातै गर्लले जन्मदिनको अवसरमा नयाँ योजना समेत सार्वजनिक गरिन् । उनले सुनाइन्- 'सबै कुरा मिल्यो भने भविष्यमा अनाथ बालबालिका पाल्ने योजना छ । यो मेरो पहिल्यै देखिको सपना हो ।'

 

निताले घरजम बारे भने तत्काल कुनै योजना नभएको बताइन् । भनिन्- 'यो विषयमा कुनै सोच बनाएको छैन । म अहिले करिअर केन्द्रित छु ।' फिल्म मितिनीबाट बालकलाकारको रुपमा रजतपटमा भित्रिएकी निताले एक दर्जन जति फिल्ममा अभिनय गरेकी छिन् । उनले अभिनेत्रीको रुपमा अभिनय गरेको पहिलो फिल्म किसान हो । तर, प्रदर्शनका हिसाबले हाम्रो माया जुनी जुनीलाई उनको पहिलो फिल्म बन्यो ।

 

फिल्म मसान र नोटवुकले नितालाई फिल्म नगरीमा राम्रै चर्चा दिलायो भने यहि नोटबुक फिल्मबाट एनएफडिसी राष्ट्रिय फिल्म अवार्ड समेत उनले हात पारिन् । उनी अभिनित उर्वशी र वार प्रदर्शनको क्रममा छन् । भर्खरै उनले हाँस्य कलाकारको फिल्म छ एकान छको सुटिङ सकाएकी छिन् । फिल्मीखबर परिवारको तर्फबाट नितालाई ह्याप्पी वर्थडे !