Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फेरि बन्दीपुर पुगिन् सुन्तली

फिल्मीखबर, काठमाण्डौ, 2013/09/15

ग्रामिण युवतीले देख्ने सुन्दर भविष्य बनाउने सपनालाई मेन प्लट बनाइएको फिल्म 'सुन्तली'को दोस्रो चरणको छायाँकन प्रारम्भ भएको छ । शुरूको लोकेशन बन्दीपुरमै अभिनेत्री प्रियंका कार्की र अभिनेता अर्पण थापाले आजबाट सुन्तलीको टेक दिन शुरू गरेका छन् ।

 

बन्दीपुरबाट अभिनेत्री प्रियंका कार्कीले आजबाट सुन्तलीको सुटिङ प्रारम्भ भएको जानकारी दिएकी हुन् । उनले भनिन्- 'फुलपाती सम्म सुन्तली युनिट बन्दीपुरमा फिल्म खिच्न व्यस्त हुनेछ ।' भाष्कर ढुङ्गानको डेव्यु निर्देशन रहेको सुन्तली युनिटले समर सिजनलाई कैद गरिसकेको छ । अहिले भने यो युनिट दशैं अगाडीको हरभरा वातावरणलाई कैद गर्दैछ । फिल्मको पूरै छायाँकन बन्दीपुरमा हुँदैछ ।

 

सुन्तली सुटिङको लागि अभिनेता कर्म भने भोली राजधानीबाट बन्दीपुर तर्फको यात्रा गर्दैछन् । फिल्ममा विदेशी अन्ड्रा वोलिकाको क्यामेरा छ । निर्देशक ढुंगानाकै कथा रहेको यो फिल्मको पटकथा तथा संवाद प्रविण अधिकारीले तयार पारेका हुन् । फिल्ममा खगेन्द्र लामिछाने, प्रमोद अग्रहरी, सूर्यमाला खनाल लगायतको पनि अभिनय रहेको छ ।