Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

खै त नेपाली फिल्म हेर्ने दर्शक ?

फिल्मीखबर, काठमाण्डौ, 2013/09/15

हिन्दी फिल्मबाट नेपाली फिल्मका दर्शक भड्किए भन्ने फिल्मकर्मीको विश्लेषणले फेल खाएको हो ? सेन्सर फेल हुँदा हिन्दी फिल्म ग्रान्ड मस्ती नेपाल रिलिजबाट रोकियो । नेपाल वितरणको जिम्मा लिएको दर्शना आर्टस्ले ३० लाख घाटा बेहोर्नु पर्यो । तर, हिन्दी फिल्म नेपाली पर्दामा नचल्दा पनि नेपाली फिल्मको मल्टिप्लेक्स व्यापार भने उत्साहप्रद हुन सकेन ।

 

फ्राइडे रिलिज मल्टिप्लेक्स केन्द्रित फिल्म ढुवानी र सिङगल थिएटर केन्द्रित राजनीतिले यस्तै नियती भोग्नु पर्यो । हिन्दी फिल्म नचल्दा राम्रो व्यापार गर्न सक्ने भनि गरिएको अड्कल फेल खायो । ढुवानी निर्माता कविता श्रेष्ठ भन्छिन्- 'सोचे जस्तो दर्शक हलमा देख्न पाइएन । तर, फिल्मको व्यापारिक स्थिती निराश छैन ।' देशका ४० भन्दा बढि पर्दामा प्रदर्शनरत ढुवानीको दुई दिने कलेक्सन कति भयो ? वितरक मनोज राठीले हिसाब निकाली सकेका छैनन् ।

 

पितम्बर पाण्डे निर्देशित फिल्मले चेलीबेटी बेचबिखनको विषय बोकेको छ । फिल्ममा किशोर खतिवडा, प्रविण खतिवडा, धिरेन्द्र राज थापा, सगुन शाही, अनुजा गायक लगायतको अभिनय छ । ढुवानीलाई हिजो शनिबार अष्ट्रेलियामा प्रदर्शन गरिएको थियो । निर्माता श्रेष्ठले दर्शकबाट फिल्मबारे राम्रो प्रतिक्रिया पाएको बताइन् ।

 

 

राजेश हमाल र कोमल ओली केन्द्रित फिल्म राजनीतिको सुरुवाती व्यापार सुखद रहेको निर्देशक बसन्त निरौलाले दाबी गरेका छन् । देशको वर्तमान राजनीतिक घटनाक्रम बोकेको फिल्मलाई देशका सिङ्गल थिएटरमा दर्शकको राम्रो साथ मिलेको निर्देशक निरौलाले बताए । ४५ पर्दामा प्रदर्शनरत फिल्ममा राजेश र कोमलको साथमा रमेश बुढाथोकी, पवित्रा आचार्य, दिपक सुवेदी लगायतको अभिनय छ । फिल्मको लगानी ४५ लाख छ । नेपाल प्रदर्शनबाट निर्माता दिपक सुवेदी सुरक्षित होलान् ? प्रतिक्षा गर्रौ ।

 

 

फिल्मलाई `बन्द` बाधक

ढुवानी र राजनीतिलाई बन्दको प्रत्यक्ष असर परेको छ । बैद्य सहितको दलले देशका विभिन्न क्षेत्रमा गरेको बन्दले यी फिल्म प्रदर्शन हुनबाट रोकिएका छन् । ढुवानी फिल्म चितवन र बनेपामा रिलिज भएको छैन भने राजनीति फिल्मको लालबन्दी, हेटौंडा र बनेपामा रिलिज रोकिएको छ । बन्दले गर्दा निर्माताको घाटा दर वृद्धि भएको छ ।