अभिनेत्री करिश्मा मानन्धरले नेफ्टा अवार्डका लागी नृत्य सिक्न सुरु गरेकी छिन् । वान वे फिल्मको छायाँकनमा व्यस्त करिश्माले आजबाट नृत्य सिक्न सुरु गरेकी हुन् ।
.jpg)
गुरु गोविन्द राईले विभिन्न चार गीतमा करिश्मालाई नृत्य सिकाउने छन् । करिश्मासँग अभिनेताद्धय सविन श्रेष्ठ र यशराज गराचले नृत्य प्रस्तुत गर्नेछन् । चलचित्र प्राविधिक संघले आयोजन गर्न लागेको छैटौं नेफ्टा अवार्ड तिहार पछि मलेसियामा हुँदैछ । करिष्मासँगै निरूता सिंह, झरना थापा, प्रियंका कार्की, केकी अधिकारी, सुमिना घिमिरे, हर्षिका श्रेष्ठ, निलिमा शर्मा, गौरव पहारी लगायत नेफ्टामा नाच्न अन्तिम तयारी गरिरहेका छन् ।
यदि कुनै निर्माता, निर्देशक अभिनेत्री बिनिता बराललाई फिल्ममा खेलाउने मनस्थिति बनाउँदै हुनुहुन्छ भने दुई पटक सोचेर मात्रै उनलाई अभिनयको अफर गर्नुस् । बिनिता अब निर्माता निर्देशकले भनेको समयमा फिल्म खेल्न पाउने छैनन् ।
.jpg)
टोखामा ३ रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आएकी बिनिता भन्छिन्- 'यो मेरो रहर भन्दा पनि बाध्यता हो ।' बिनिताका अनुसार ०७१ सालको झरीसम्म उनी पूर्ण रुपमा तरकारी खेती र यस सम्बन्धी कक्षा लिनमा व्यस्त हुनेछिन् । चपली हाइट डेव्यु गर्ल भन्छिन्- 'यदि कुनै निर्माता निर्देशक मेरो मिल्ने समयमा अफर लिएर आउनुहुन्छ भने म फिल्म खेल्न तयार छु । तर, अहिलेलाई मेरो पहिलो प्राथमिकतामा तरकारी खेती छ ।'
बिनितालाई मिल्ने समय हेरेर फिल्मको अफर कस्ले गर्ने ? सुपरहिट नायिका थप्छिन्- 'अहिले पनि दुई वटा प्रोजेक्ट पेन्डिङमा छन् । एक वर्ष पछि मात्रै काम सुरु हुनेछ ।' बिनिताको डिमान्डलाई कुन निर्माता निर्देशकले परा गर्ने हुन् ? समयले देखाउनेछ ।

