Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

क्यान्सर गोष्ठीमा मनिषा : `मृत्युलाई नजिकबाट देखें`

फिल्मीखबर, काठमाण्डौ, 2013/09/13

पाठेघरको क्यान्सरलाई पराजय गरेकी अभिनेत्री मनिषा कोइराला काठमाण्डौ छिन् । सलमान खानले सञ्चालन गर्ने बिग बोसमा सहभागी हुने चर्चाका बिच क्यान्सर सम्बन्धी एक गोष्ठीमा सहभागी हुन उनी केही दिन अघि मुम्बईबाट नेपाल ल्यान्ड भएकी हुन् ।

 

आज शुक्रबार होटल याक यान्ड यतीमा बाट दुई दिन सम्म चल्ने क्यान्सर गोष्ठीमा मनिषा सहभागी भइन् । सदावहार मुस्कानका साथ कालो चस्मा, छोटो कपाल र राती पहिरनमा कार्यक्रममा सहभागी भएकी उनले आफूले क्यान्सरका कारण भोगेको दु:ख समेत साटिन् ।

 

'आफ्नो आत्मवलले म क्यान्सरविरुद्ध लड्न सफल भएँ,' मनिषाले भावुक मुद्रामा भनिन्- 'अस्पतालको बेडमा रहँदा मैले जीवनलाई नजिकबाट बुझ्ने मौका पाएँ । मृत्युलाई नजिकबाट देखें । अब क्यान्सर पीडितको अभियानमा सधैं लागिरहन्छु र भन्नेछु, क्यान्सर आफैंमा ठूलो रोग हैन ।' उनले क्यान्सर रोग सुन्ने बित्तिकै नडराउन आग्रह गरिन् ।
 

 

नेपाल मै हुँदा एक्कासी पेट दुखे पछि मनिषालाई अस्पताल भर्ना गरिएको थियो । पाठेघरमा क्यान्सर भएको रिपोर्ट अएपछि उनलाई थप उपचराको लागी अमेरिका लगीएको थियो । अमेरिकाको म्यानहार्टन अस्पतालाको करिब ८ महिने उपचार पछि उनको क्यान्सर क्लियर भएको थियो । त्यसपछि उनी मुम्बई फर्किएकी थिइन् । क्यान्सर रोग सन्चो भएपछि हाल आराम गरिरहेकी मनिषाले छिट्टै नै फिल्ममा व्याक हुने समेत बताईन् ।

तस्विर सौजन्य : स्वास्थ्य खबर पत्रिका

तस्वीर सौजन्य : स्वास्थ्य खबर पत्रिका
तस्वीर सौजन्य : स्वास्थ्य खबर पत्रिका