Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.00/5.00)
Text size:-
+
-

नायिका बोकेर गृह जिल्ला पुगे नायक

फिल्मीखबर, काठमाण्डौ, 2013/09/13

असोज चार गते देशभर एकसाथ रिलिज हुने तयारीमा रहेको फिल्म 'प्राण भन्दा प्यारो'का नायक बाशु पुडासैनीले आफ्नो गृह जिल्ला गोर्खामा पत्रकार भेटघाट कार्यक्रम गरे । कार्यक्रममा नायक बासुले आफ्नै को-स्टार नायिका अनामिका चौंलागाईंलाई लिएर गोर्खा पुगेका थिए ।

 




पत्रकार भेटघाट कार्यक्रममा नायक पुडासैनीले राम्रो फिल्म बनाएको जानकारी दिंदै एक पटक हेरेर प्रतिक्रिया दिन आग्रह गरे । कमलकृष्णको निर्देशन रहेको एडल्ट सर्टिफिकेट प्राप्त फिल्म प्राण भन्दा प्यारोबाट नायक पुडासैनी र नायिका चलागाईंले डेब्यू गरेका हुन् ।

 

आफ्नो पहिलो फिल्म भएकाले नायिका चौलागाईंले आफ्ना कमिकमजोरी औंल्याईदिन आग्रह गरिन् । नारीले आफ्नो बदला आँफै लिन सक्षम हुन्छन् र उनिहरु पनि यो समाजमा सबल छन् भन्ने आशय फिल्मले दिन खोजेको नायिकाको भनाई थियो ।




 

नेपाल र मलेशियामा छायाँकन गरिएको सस्पेन्स रोमाञ्चक प्रेमकथानक फिल्म ‘प्राण भन्दा प्यारो’मा बासु र अनामिकाको साथमा आशा खड्का, बिष्णु सापकोटा, निर्देशक कमलकृष्ण लगायतको अभिनय रहेको छ । पञ्च परमेश्वरको व्यानरमा निर्माण भएको यो फिल्ममा राजेश शाहको सम्पादन, चन्द्र पन्तको द्धन्दनिर्देशन तथा कथा र गीत गणेश बगालेको रहेको छ ।