फिल्म मधुमासको रोमान्टिक सङ सार्वजनिक गरिएको छ । अभिनेता आर्यन सिग्दले र नव अभिनेत्री पूजा शर्माले गीतको भिडियोमा रोमान्स गरेका छन् ।
'आँटी सक्यो...' बोलको गीतमा सुरेश अधिकारीको संगीतमा अञ्जु पन्त र दिपक लिम्वुले स्वर दिएका छन् । गीतको शब्द कुमार बिबाहितको छ । पाँच मिनेटको भिडियोमा रेनशा राईको कोरियोग्राफी देख्न सकिन्छ । दिपक बज्राचार्य फिल्मका छायाँकार हुन् । सुदर्शन थापा निर्देशित मधुमास पूर्ण रुपमा लभ स्टोरीमा केन्द्रित छ ।
निर्देशक थापा र बाबुराम ढकालको संयुक्त लगानी रहेको फिल्म कार्तिक ८ गते अल नेपाल प्रदर्शन हुँदैछ । पछिल्लो पटक धन्दा फिल्म निर्देशन गरेर चर्चामा आएका सुदर्शनको मधुमासलाई प्रतिक्षित फिल्मको रुपमा हेरिएको छ । फिल्मले व्यापार कस्तो गर्छ ? प्रतिक्षा गर्रौ ।

