Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.00/5.00)
Text size:-
+
-

सप्ताहन्त व्यापार : तीजमा चेलीकै न्यून आम्दानी

फिल्मीखबर, काठमाण्डौ, 2013/09/13

तीजको छेको पारेर प्रदर्शन गर्दा पनि फिल्मको व्यापार खास हुन सकेन । ताजा रिलिज नेपाली फिल्म वीर, जंजीर र हाम्री चेलीको एक हप्ते व्यापार लगानी रिकभर भएन । हिजो वैद्य सहितको ३३ दलले उपत्यका सहित देशका विभिन्न क्षेत्रमा गरेको बन्दले हलवाला सहित निर्माताले प्रत्यक्ष घाटा बेहोर्नु पर्‍यो ।

 

होस्टेलले दोस्रो हप्तामा मुस्किलले आफ्नो लगानी रिकभर गर्न सफल रहेको रिपोर्ट छ । हेमराज विसी निर्देशित होस्टेलले एक करोड नजिकको ग्रस कलेक्सन गरेको बताइन्छ । रेखा थापा र यश कुमार स्टारर वीरको एक हप्ते व्यापार अन्य दुई फिल्मको भन्दा उच्च रह्यो । वीरले काठमाण्डौ र मोफसल गरी करिब १८ लाख सेयर हात पार्ने वितरकको जानकारी छ । राम्वा ओली निर्देशित वीरको लगानी भने करिब ७० लाख सम्म रहेको दाबी छ । एक हप्ते कलेक्सनबाट निर्माता व्यावसायिक रुपमा सुरक्षित नहुने पक्का छ ।

 

एक हप्ते व्यापारमा वीर पछि जंजीर उच्च आम्दानी गर्ने फिल्म बन्यो । यस फिल्मले काठमाण्डौका हलबाट करिब १५ लाख ग्रस कलेक्सन गरेको वितरक बताउँछन् । मोफसलका सिमित स्टेशनमा मात्रै जंजीर रिलिज भएको छ । शोभित बस्नेत निर्देशित फिल्मलाई करण क्रेजीले निर्माण गरेका हुन् । फिल्ममा हर्षिका श्रेष्ठ, जय किसन बस्नेत लगायतको अभिनय छ ।

 

तीन मध्ये हाम्री चेली नामक फिल्मको सप्ताहन्त व्यापार न्यून रह्यो । निर्माता स्वयमले वितरण गरेको यस फिल्मले एक हप्तामा काउन्टको व्यापार गर्न सकेन । शितल केसी, अञ्जु निरौला, रमेश विसी, कुमारी परियार, गिरीप्रसाद पुन, कुलचन्द्र पुरी लगायतको अभिनय रहेको फिल्म द्वन्द पीडित र भारतमा बेचिएकी नेपाली चेलीवेटीको बारेमा आधारित रहेर निर्माण गरिएको छ । फिल्मलाई बाबुराम घिमिरेले निर्देशन गरेका हुन् ।