धनि र गरिब विचको प्रेम सम्बन्धलाई मुख्य बिषय बनाएको नेपाल भाषाको फिल्म 'मु: मुदुगु जीन्दगी' (मूल्य नभएको जीन्दगी)को अहिले काठमाण्डौ उपत्यका भित्र छायाँकन भईरहेको छ । ७५ प्रतिशत छायाँकन सकिएको उक्त फिल्मले रोजगारीको समस्यालाई पनि प्रस्तुत गर्नेछ ।
.jpg)
.jpg)
केहि दिन अगाडी मात्र सम्पन्न 'पेज ३ पिपुल्स च्वाईस अवार्ड ११३३' मा उत्कृष्ट फिल्मको अवार्ड पाएको फिल्म 'पानबत्ती'का निर्देशक सुरेन्द्र तुलाधरले निर्देशन गरेको यस नेपाल भाषाको फिल्मको कथा निर्देशक स्वयंले नै लेखेका हुन् । नेपाली फिल्म 'मिस नेपाल'को समेत निर्देशन गरेका तुलाधरले पानबत्ती भन्दा राम्रो फिल्म बनाउने कोसिस गरेको बताए ।
.jpg)
.jpg)
'पेज ३ पिपुल्स च्वाईस अवार्ड ११३३' मै उत्कृष्ट छायाँकारको अवार्ड पाएका सुमन तण्डुकारले खिचेको 'मु: मुदुगु जीन्दगी'मा नेपाली फिल्मकी चर्चित अभिनेत्री भिन्तुना जोशीको साथमा नेपाली फिल्ममा चर्चा बटुल्दै गरेकी अभिनेत्री अशिष्मा नकर्मी, रिदम फिल्म डेब्यू अभिनेता सोहित मानन्धरको, मदनदाश श्रेष्ठ, लक्ष्मी गिरी, आरएल महर्जन, रामकृष्ण लगायतको अभिनय रहेको छ ।
.jpg)
.jpg)
रेगिशा इन्टरटेन्मेन्टको व्यानरमा निर्माण हुँदै गरेको 'मु: मुदुगु जीन्दगी' फिल्ममा हरि शरण सायमी र राजेश हाडाको संगीत रहेको छ । आरएल महर्जन निर्माता रहेको यस फिल्ममा अष्ट महर्जनको द्धन्दनिर्देशन तथा भोगेन्द्र मानन्धरको नृत्यनिर्देशन रहेको छ ।

