यो शुक्रबार देखी हलमा फिल्म ढुवानी र राजनीति प्रदर्शनमा आउँदै छन् । ढुवानी सामाजिक र राजनीति राजनीतिक विषय माथि केन्द्रित छन् । यी दुवै फिल्मले चलचित्र जाँच पास समितिबाट पिजी प्रमाण पत्र पाएका छन् । फिल्म हेर्न १६ वर्ष भन्दा मुनिका बालबालिका अभिभावकको साथमा जानु पर्नेछ ।
.jpg)
पिताम्बर पाण्डे निर्देशित फिल्म ढुवानी चेलीबेटी बेचबिखनसँग सम्बन्धित छ । ब्याच नम्बर १६ पछि निर्देशक पाण्डेको यो दोस्रो फिल्म हो । ढुवानीमा किशोर खतिवडा, प्रविण खतिवडा, धिरेन्द्र राज थापा, सगुन शाही, अनुजा गायक लगायतको मुख्य अभिनय छ । कविता श्रेष्ठ निर्मित फिल्म भोलीबाट देशका करिब ५० पर्दामा प्रदर्शन हुनेछ । फिल्मले दर्शकलाई हलसम्म तान्ने धेरैको विश्वास छ ।

देशको वर्तमान राजनीतिक अवस्थालाई मुख्य विषय बनाइएको फिल्म राजनीतिमा अभिनेता राजेश हमाल र समाचार वाचिका एवम गायिका कोमल ओली मुख्य भुमिकामा प्रस्तुत भएका छन् । फिल्मलाई बसन्त निर्रौलाले निर्देशन गरेका हुन् । दिपक सुवेदीको लगानी रहेको राजनीतिमा हमाल र ओलीको साथमा दिपक सुवेदी, पवित्रा आचार्य, रमेश बुढाथोकी लगायतको अभिनय छ । राजेश र कोमलको क्यामेस्ट्रीले फिल्मको विजनेसलाई सहयोग पुर्याउने धेरैको अनुमान छ ।
प्रदर्शन अगाडी विविध कारणले चर्चामा रहेका ढुवानी र राजनीतिको खास व्यापार कस्तो हुन्छ ? अनुमान गर्न कठिन हुनेछ । कारण, पछिल्लो समय एकाध बाहेक कुनै पनि नेपाली फिल्मले उत्साहको व्यापार गरिरहेका छैनन् । यद्पी दुवै फिल्मका निर्माताको विश्वास छ, फिल्मको व्यापार राम्रो हुनेछ ।

