दुःखद खबर ! लोफर डेव्यु अभिनेत्री रजनी केसीलाई पितृ शोक परेको छ । उनका ५४ बर्षिय पिताको आज निधन भएको छ । भैंसेपाटीमा बस्दै आएका रजनीको पिता चन्द्र केसी बिहान ओछ्यानमै मृत अवस्थामा भेटिएको निर्माता छविराज ओझाले जानकारी गराए ।
स्वास्थ्यमा कुनै समस्या नभएका रजनीका पिता चन्द्र बेलुका सम्म सकुशल थिए । स्थायी घर नुवाकोटबाट आफन्त जम्मा भएपछि शवलाई दाहसंस्कारको लागी पशुपती लगिने निर्माता ओझाले बताएका छन् । रजनी परिवारकी एक्ली सन्तान हुन् । अभिनेत्री केसी र उनको शोक सन्तप्त परिवारलाई धैर्य धारणको कामना !
रजनी अभिनित फिल्म लोफर यहि मंसिर २१ गतेबाट प्रदर्शनमा आउँदै छ ।

