Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

आर्यन, पूजा र सिवाङ्गिनीको हनिमुन डेट सर्‍यो

फिल्मीखबर, काठमाण्डौ, 2013/09/12

अभिनेता आर्यन सिग्देल र अभिनेत्रीद्धय पूजा शर्मा र सिवाङ्गिनी राणाको त्रिकोणात्मक प्रेमकथामा आधारित रहेर निर्माण गरिएको रोमाण्टिक प्रेमकथानक फिल्म 'मधुमास'को रिलिज डेट एक साता अघि सारिएको छ । यसअघि कार्तिक १५ गते रिलिज हुने बताईएको उक्त फिल्म अब कार्तिक ८ गते रिलिज हुनेछ ।

 

 

फिल्म निर्माता बाबुराम दाहालले हिन्दी फिल्म 'क्रिष ३'को रिलिजलाई ध्यानमा राखेर 'मधुमास'लाई एक साता अघि सारिएको बताए । 'जुधाएर फाईदा हुने छाँट देखिएन, त्यसैले रिलिज डेट सार्ने निर्णय गरियो, बाबुरामले भने- 'हामी बलिउडसँग जुध्ने अवस्थामा पुगिसकेका छैनौं तर दर्शकले हामीलाई साथ दिनुहुनेछ भन्ने पूर्ण विश्वास छ ।'

 

 

मेरो एउटा साथी छ, के यो माया हो र मेरो लभ स्टोरी पछि रोमान्टिक प्रेमकथामा दर्शकलाई रोमान्टिक बनाउन खोजेका निर्देशक सुदर्शन थापा यहि फिल्मबाट सफलताको सिंढी उक्लने धारणा राख्छन् । त्यसैले पनि कम्तिमा दुई साता दर्शकलाई मधुमासको ह्याङमा राख्न रिलिज डेट सारेको उनी बताउँछन् ।

 

 

बाबुराम दाहाल र निर्देशक थापाको संयुक्त लगानी रहेको यो फिल्ममा आर्यन, पूजा र सिवाङ्गिनीको साथमा मनोज आरसीको पनि मुख्य भुमिका रहेको छ । फिल्ममा दिनेश न्यौपानेको लेखन, सुरेश अधिकारीको संगीत, दीपक बज्राचार्यको छायाँकन र हिमाल केसीको द्धन्दनिर्देशन छ ।