Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.00/5.00)
Text size:-
+
-

जीवनको जन्मदिन : मिस्टर नेपाल देखि सुकुलगुण्डासम्म

फिल्मीखबर, काठमाण्डौ, 2013/09/10

अभिनेता जीवन लुईटेललाई जन्मदिनको शुभकामना । व्यस्त अभिनेताले आज (भदौ २५ गते) आफ्नो ३३ औ जन्मदिन मनाउँदैछन् । मोरङ जिल्लाको विराटनगर बजारमा जन्मिएका जीवनले जन्मदिनको खास कार्यक्रम राखेका छैनन् ।

 

राजधानीमा फिल्म सुकुलगुण्डाको छायाँकनमा व्यस्त जीवनले जन्मदिन योजना सुनाउँदै भने- 'साँझ परिवार र केही साथी भाईसँग सामान्य जमघट गर्ने कार्यक्रम छ ।' जीवन २००२ का मिस्टर नेपाल हुन् । त्यसपछि उनी केही समय एभिन्यूज टेलिभिजनमा न्यूज रिडरको रुपमा रहे । अभिनेताको रुपमा भने उनी विकास आचार्यको फिल्म 'नसिब आफ्नो'मा देखा परे । जहाँ अभिनेत्री रेखा थापा उनको अपोजिटमा थिइन् । त्यसपछि उनले निर्देशक आचार्य ब्यानरका फिल्म नाइ नभन्नु ल, म तिम्रो भैसकें खेले ।

 

बौद्धिक अभिनेता लुईटेलका नाइ नभन्नु ल, अन्दाज, मालतीको भट्टी, रिदम हिट फिल्म हुन् । पछिल्लो पटक प्रदर्शनमा आएको नोटवुक फिल्मले पनि जीवनलाई थप चर्चा दिलायो । एक दर्जन भन्दा बढी फिल्ममा अभिनय गरेका जीवन पुस्तक पढ्न, कविता कोर्न, खेलकुदमा रमाउने गर्दछन् । वर्तमान विश्व राजनीति प्रति पनि उनी चासो राख्ने गर्दछन् ।  जीवन केहि दिनमा फिल्म स्टुपिड मनको सुटिङका लागि थाईल्याण्ड प्रस्थान गर्दैछन् ।

 

निकट भविष्यमा नै फिल्म निर्माण गर्ने योजनामा रहेका जीवन आफ्नो जीवनलाई भने सजायको रुपमा लिने गर्दछन् । वर्तमान फिल्म बजारका चल्ता फुर्ता अभिनेता जीवनका आगामी दिनहरु सुखद रहुन् । फिल्मीखबर परिवार यही कामना गर्दछ !