मिस यू पश्चात स्ट्रङ रोलमा नदेखिएकी नायिका नम्रता श्रेष्ठले अभिनय गरेको फिल्म 'मौन' लाई असोज ११ (सेप्टेम्वर २७) गते हेर्न पाइने छ । रोमान्टिक प्रेमकथामा बनेको यो फिल्मको अबधिभर नम्रता र अर्पण थापाले मौन रूपले नै आफ्नो प्रेम व्यक्त गर्ने छन् ।
बहिरा युवाको प्रेममा आधारित 'मौन'लाई सुरज भुषालले निर्देशन गरेका हुन् । मौन क्वार्क फिल्म र आकाश आदित्य इन्टरटेनमेन्ट प्रालीको संयुक्त लगानीमा निर्माण भएको यो फिल्ममा नवीन गौलीको कथा माथि संजय लामाले क्यामेरा चलाएका छन् । भूपेन्द्र खड्काले गीत लेखेका हुन् भने सुगम पोखरेल र स्वप्नील शर्मा (स्याडोज ब्यान्ड)ले संगीत दिएका छन् ।
आफू अभिनित फिल्म 'मौन'को रिलिज पर्खाईमा रहेकी अभिनेत्री श्रेष्ठले फिल्मीखबरसँग फिल्मको बारेमा यसरी प्रस्टाईन् । उनले दिएको प्रतिक्रिया यस्तो छ -

