Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

अडिसन दिएर `टलक जंग भर्सेज टुल्के`मा ऋचाको इन्ट्री

फिल्मीखबर, काठमाण्डौ, 2013/09/09

फिल्ममा अभिनय गरेक आफ्नो स्थान बनाईसकेका कलाकारले कुनै फिल्मको लागि अडिसन दिनुपर्दा सहज मान्दैनन् । अझ भनौं, अधिकांश कलाकारले त अडिसन दिन नहुने तर्क अघि सार्छन् । तर अभिनेत्री ऋचा शर्माले भने एक फिल्मको लागि अडिसन दिएको बताएकी छिन् ।


लुट फिल्म निर्देशन निश्चल बस्नेतले निर्देशन गर्न लागेको सोसल कमेडी फिल्म 'टलक जंग भर्सेज टुल्के'का लाग् ऋचाले अडिसन दिएको बताईन् । फिल्मीखबरसँगको कुराकानीमा ऋचाले सुनाईन- 'पहिलो पटक अडिसन दिएँ । रेस्पोन्स पाउन २ साता नै कुर्न पर्‍यो ।' ऋचा अहिले यहि फिल्मको लागि वर्कसपमा व्यस्त छिन् । 'निकै मेहनत गर्नु पर्ने फिल्म छ,' ऋचाले सुनाईन् ।

 

बधशाला फिल्म निर्माण कम्पनी स्म्यासिङ एप्पलसँग आन्तरिक केहि कुरा नमिलेपछि निश्चलले आफ्नै निर्माण कम्पनी ब्ल्याक हर्स मार्फत फिल्म बनाउने बताए । 'समझदारीमा नै हामी अलग भएका हौं,' निश्चलले भने- 'निर्माताको नाम केहि दिनमा सार्वजनिक गर्नेछौं ।' खगेन्द्र लामिछानेको स्क्रिप्ट रहेको यस फिल्मको आगामी असोज ५ गतेदेखि पोखराबाट सुटिङ शुरू हुने बताईएको छ ।

 

फिल्मका अन्य कलाकार र प्राबिधिकको जानकारी औपचारिक रूपमा प्रेस मिट गरेर जानकारी दिने निर्देशक बस्नेतले बताए । निश्चलको फिल्म निर्माण कम्पनी ब्ल्याक हर्षले 'कबड्डी' फिल्म पनि बनाएको छ, जुन अहिले पोस्टप्रोडक्सनमा छ ।