Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

आर्यनको फिल्ममा धिरज राईकी संगिनी

फिल्मीखबर, काठमाण्डौ, 2013/09/09

अभिनेता आर्यन सिग्देलको आधा लगानी रहने फिल्म नोभेम्वर रेन मार्फत् पप सिङगर धिरज राईसँग विगत एघार वर्ष देखि सँगै रहेकी छुल्ठिम डोल्मा गुरुङ रजतपटमा डेव्यु गर्दै छिन् । धिरजसँगको बैबाहिक जीवन बिताईरहेकी न्यू हिरोइनले आफ्नो पर्सनल लाइफ बारे भने बढी खुल्न चाहिनन् ।

 

 

मोडलिङसँगै आरजे एवम भिजेको समेत अनुभवी छुल्ठिमले फिल्मीखबर समक्ष भनिन्- 'हाम्रो आफ्नै प्रोफेश्नल लाईफ छ । त्यसकारण म व्यक्तिगत भन्दा पनि व्यवसायिक हुन चाहन्छु ।' आफ्नो मुखबाट लाईफ पार्टनर धिरज राईको नाम निस्कने कुरामा निकै नै सचेत देखिएकी छुल्ठिमले राम्रो प्रोजेक्टको प्रपोजल आए आफु फिल्म क्षेत्रमा व्यस्त हुने समेत बताइन् ।

 

 

फिल्मको पूरै प्लट नै मन परेकाले आफु नोभेम्वर रेन खेल्न राजी भएको छुल्ठिमको भनाई छ । भोली (भदौ २४ गते) आफ्नो जन्मदिन मनाउने तयारी गरिरहेकी छुल्ठिम भन्छिन्- 'मेरो भुमिकाबाट दर्शकलाई निराश पार्ने छैन ।' नेपाली रजतपटमा छुल्ठिमलाई न्यानो स्वागत !