Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(13 votes, avg 3.23/5.00)
Text size:-
+
-

सुमिनालाई सेक्स दाल भात तरकारी खाए जस्तै (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2013/09/09

फुलपाती रिलिज फिल्म स्टारको ट्रेलरमा अभिनेत्री सुमिना हट रुपमा प्रस्तुत भएकी छन् । यसअघि नाइन ओ क्लक र लभ फरेभरमा जस्तै स्टारमा पनि सुमिनालाई गरम रुपमा देख्न सकिनेछ ।

 

फिल्म हेरेर कति दर्शक गरम हुनेछन् ? असोज २५ सम्म प्रतिक्षा गर्रौ । तर, जतिले प्रोमो हेर्छन् ? हेर्ने जति सबै गरम बन्नेछन् । महेन्द्र बुढाथोकी निर्देशित फिल्ममा सुमिनाले सेक्सलाई दाल भात तरकारीको संज्ञा दिएकी छिन् । निर्देशक बुढाथोकी र सञ्चारकर्मी लक्ष्मण सुवेदी निर्मित फिल्ममा सुमिनाको साथमा श्याम घिमिरे, निरज बराल, रमेश बुढाथोकी, गणेश उप्रेती लगायतको भुमिका छ ।

 

रजतपटमा भाग्य चम्काउन चाहने ग्रामीण युवतीको कथालाई मुख्य विषय बनाइएको फिल्म स्टारमा सर्वज्ञ शाक्य र अर्जुन पोखरेलको संगीत तथा सुरेश बज्राचार्यको छायाँकन रहेको छ । नृत्य निर्देशन भने कविराज गहतराजको छ ।