छबिराज व्यानरको तेस्रो प्रस्तुती फिल्म 'लज्जा' निर्माण हुने भएको छ । चलचित्र विकास वोर्डमा आज नाम दर्ता गराए सँगै कार्यकारी निर्माता छविराज ओझाले फिल्मीखबरलाई लज्जा निर्माणको औपचारिक जानकारी गराएका हुन् ।
नारी संवेदनाको फिल्मलाई नवल नेपालले निर्देशन गर्ने छन् । आर्यन सिग्देल र शिल्पा पोखरेल फिल्मका मुख्य पात्र हुन् । रेखा फिल्मस्को प्रस्तुती काली रिलिजको संघारमा रहेका निर्माता ओझाले पूर्व पत्नी रेखा थापा भने फिल्ममा नरहने बताए । लज्जा कार्तिक चार गते देखि फ्लोरमा जानेछ । लज्जालाई आउने २०७१ सालको बैशाखमा रिलिज गर्ने उनको लक्ष्य छ ।
निर्देशक नेपालकै पटकथा रहने फिल्ममा चन्द्र पन्तको द्धन्दनिर्देशन र मदन कास्यप घिमिरेको छायाँकन रहनेछ । छविराज प्रोडक्सनको दोस्रो प्रस्तुती लोफर मंसीर २१ गते प्रदर्शन हुनेछ । आर्यन, दयाह्याङ राई, सुशिल राज पाण्डे, कमलमणी नेपाल र रजनी केसी लोफरका मुख्य कलाकार हुन् । निर्देशन आदित्य विक्रम लम्सालको छ ।

