तीजको ब्रतलाई विशेषतः पति ब्रतको रुपमा लिइन्छ । पारिवारिक समृद्धीको लागी हिन्दु नारी तीजमा ब्रत बस्ने गर्दछन् । अझ भनौं, नेपाली परम्परामा अबिबाहित नारीले राम्रो पति पाउँ भनि ब्रत बस्छन् भने बिबाहित नारीले आफ्नो पतिको दिर्घायुको कामना गर्दै ब्रत बस्छन् ।
अभिनेत्री केकी अधिकारीले हरितालिका तिजको ब्रत लिन थालेको झन्डै चार वर्ष भयो । चार वर्षमा प्राथना गरेका कति भाकल पुरा भए ? केकीले सम्झिइनन् । तर, उनी यो वर्ष व्रत बस्नुको कारणसँग भने स्पष्ट छिन् । फिल्म महसुश प्रोमोशनको लागी चितवन पुगेकी केकीले व्रत बस्नुको कारण खुलाइन्- 'साफ च्याम्पियनसिपको सेमिफाईनलमा पुगेको नेपाली फुटबल टिमको सफलताको लागि ब्रत बसेकी हुँ ।'
नेपाल र अफगानिस्तान बिच हुने आज साँझको खेल केकीले हेर्न पाउने छैनन् । तर, उनी ढुक्क छिन्, नेपाल फाईनलमा पुग्छ । भारत जस्तो टोलीलाई हराउने नेपाल अफगानिस्तानसँग हार्ने छैन । महसुश फिल्ममा केकी पनि फुटबल प्लेयर बनेकी छिन् । तर, फिल्मको खेलमा कुनै नियम थिएन । महसुशकी फुटबल प्लेयर गौरी भन्छिन्- 'अन्तिम चरणको खेलमा रंगशाला फुटबल मैदानमै गएर नेपालको हौसला बढाउँछु ।'
केकी नेपाली प्लेयर्स विमल घर्तीमगर र अनिल गुरुङको डाइ हार्ट फ्यान हुन् । उनको तीजको व्रतले नेपाली टोलीलाई गेम आफ्नो पक्षमा कत्तिको मद्धत मिल्छ ? साँझ सम्म प्रतिक्षा गरौं ।
.jpg)
अभिनेत्री नन्दिता केसी भने परम्परालाई निरञ्तरता दिन तिजको ब्रत बसेको बताउँछिन् । बिगत दश वर्ष देखि तीजको ब्रत बस्दै आएकी नन्दिताले भगवानसँग कुनै आस्था राखेकी छैनन् रे ! समर सिकको सिकार बनेकी नन्दिता भन्छिन्- 'भगवानले इच्छा पूरा गरिदिनु हुन्छ भन्नेमा विश्वास नै छैन ।' नेपाली फिल्मका अन्य महिला कलाकार पनि आजको दिन ब्रत बसेर रमाइलो गर्नमा व्यस्त छन् । सम्पूर्ण हिन्दु नारीलाई तीजको शुभकामना !

