Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निरुतालाई राजधानीमा स्वागत | गायक फत्तेमानको फोक्सोमा क्यान्सर

फिल्मीखबर, काठमाण्डौ, 2013/09/08

अभिनेत्री निरुता सिंहलाई काठमाण्डौमा स्वागत छ । मलेसियामा हुने नेफ्टा अवार्डमा आफ्नो बिशेष प्रस्तुती दिन निरुता हिजो काठमाण्डौ ल्यान्ड भएकी छिन् ।

 

निरुताको स्वागतमा नेफ्टा अध्यक्ष मनोज केसी इयरपोर्ट पुगेका थिए । निरुतालाई अध्यक्ष केसीको समुहले खादा ओढाएर स्वागत गर्यो । उनलाई नेफ्टाले लाजिम्पाटमा लजिङ एण्ड फुडिङको व्यवस्था गरेको छ । निरुताले छैटौं नेफ्टा अवार्डमा आफ्ना कालखण्डका चर्चित फिल्मी गीतमा पन्ध्र मिनेटको नृत्य प्रस्तुत गर्ने छिन् । उनलाई निर्देशक कमल राई र गोबिन्द राईले नृत्यको प्रशिक्षण दिनेछन् ।

 

दुःखद खबर ! वरिष्ठ गायक फत्तेमान राज भण्डारीलाई फोक्सोको क्यान्सर देखा परेको छ । उनको उपचारमा संलग्न ओम हस्पिटलका चिकित्सक सुदिप श्रेष्ठले फोक्सोमा क्यान्सर भएको पुष्टि गरेका हुन् । वरिष्ठ गायक भण्डारीको हाल ओम अस्पिटलमा उपचार भैरहेको छ ।

 

फत्तेमानले एकाध मात्रै नेपाली फिल्मी गीतमा स्वर दिएका छन् । मर्न बरु गाह्रो हुन्न, यस्तो पनि हुंदो रैछ, सान्नानीको गालैमा कालो कोठी रैछ जस्ता हृदय स्पर्शी स्वरका धनी फत्तेमानले ४ सय भन्दा बढी गीत र भजनामा स्वर तथा संगीत दिएका छन् । उनलाई फिल्मीखबर परिवार शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।