सम्पूर्ण हिन्दु नारीलाई हरितालिका तीज २०७० को हार्दिक शुभकामना ! नेपाली फिल्ममा समावेश तीजका केही गीतलाई फिल्मीखबरले पोष्ट गरेको छ । तीजको रमझमपूर्ण घडीमा नेपाली फिल्मका तीज गीतसँग थप रमाईलो गर्नुस् ।
कन्यादान फिल्मको 'तीजको लहर आयो बरी लै....' बोलको गीत अहिले पनि उत्तिकै गुञ्जायमान छ । नारी संमवेदनाको कथालाई मुख्य विषय बनाइएको यस फिल्मको गीतमा गौरी मल्ल, बसुन्धरा भुषाल, सुभद्रा अधिकारी लगायतले नृत्य प्रस्तुत गरेका छन् । त्यस्तै लामो समय पछि फिल्म सौभाग्यमा तीजको गीतलाई समावेश गरियो । यो गीतमा अभिनेत्री झरना थापालाई मुख्य रुपमा देख्न सकिन्छ ।
रेखा फिल्मसको प्रस्तुती अन्दाज फिल्ममा पनि तीज गीत राखिएको छ । जहाँ अभिनेत्री रेखा थापा र निशा सुनारको संयुक्त नृत्यलाई देख्न सकिन्छ । अन्दाज फिल्म पनि महिला मुख्य पात्र केन्द्रित फिल्म हो । यस्तै फिल्म मुनामदनमा पनि तीजको गीतलाई समावेश गरिएको छ । उक्त गीतमा अभिनेत्री उषा पौडेल, मिथिला शर्मा र सुभद्रा अधिकारीलाई देख्न सकिन्छ ।

