Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.00/5.00)
Text size:-
+
-

प्रहरीको स्कटिङमा ढुवानीको कार र्‍याली (फोटोफिचर सहित)

फिल्मीखबर, काठमाण्डौ, 2013/09/07

फिल्म ढुवानी युनिटले आयोजना गरेको काठमाण्डौ देखि बनेपा सम्मको कार तथा मोटरसाईकल र्‍यालीलाई प्रहरीले स्कटिङ गरेको छ । फुजेलका कृष्णप्रसाद अधिकारी हत्यामा संलग्न आरोपमा पक्राउ परेका रामप्रसाद अधिकारीको रिहाईको माग गर्दै एमाओवादीले गरेको बन्दका कारण प्रहरीले ढुवानीको कार तथा मोटरसाईकल र्‍यालीलाई स्कटिङ गरेको हो ।

 

बिहान ८ बजे शुरू गर्ने भनिएको उक्त र्‍याली बन्दका कारण बिहान १० बजेबाट मात्र शुरू भएको थियो । भाद्र २८ गते रिलिज हुन लागेको यस फिल्मको प्रचार प्रसारको साथमा चेलिबेटी बेचबिखन बिरूद्धको अभियानका लागि कार तथा मोटरसाईकल र्‍याली गरिएको निर्माता कविता श्रेष्ठले जानकारी गराईन् । ३ दर्जन बढि कार तथा मोटरसाईकलको सहभागीता रहेको र्‍यालीमा माइती नेपाल अध्यक्ष अनुराधा कोईरालाको साथमा फिल्म ढुवानी निर्माण युनिट, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको छ ।

 

पिताम्वर पाण्डे निर्देशित फिल्ममा किशोर खतिवडा, प्रविण खतिवडा, धिरेन्द्र राज थापा, सगुन शाही, अनुजा गायक लगायतले अभिनय गरेका छन् । निर्देशक पाण्डेकै लेखन रहेको यो फिल्ममा हरि लम्सालको संगीत तथा पुरूषोत्तम प्रधानको छायाँकन रहेको छ । फिल्मले चेलिबेटी बेचबिखनको कथालाई मुख्य प्लट बनाएको छ ।

 

 

 

 

 

 

 

तस्विर : महेश्वर मान सिंह