अभिनेत्री रेखा थापाको जहाँ उपस्थित हुन्छिन् त्यहाँ उनकै बढि चर्चा हुन्छ । मानौं, रेखा र चर्चा एक अर्काका परिपूरक हुन् । रेखाको यस्तै चर्चा शुक्रबार राजधानीमा आयोजना भएको तीज बिशेष कार्यक्रममा पनि भयो ।
महिलाहरुको महान चाड हरितालिका अर्थात तीज पर्वको अवसर पारेर कलाकार दीपाश्री निरौला, कविता शर्मा, गायिका निशा सुनुवारले संयुक्त रुपमा आयोजना गरेको तीज विशेष सम्मान कार्यक्रममा रेखा हाँसोको पात्र मात्र बनिन् । उनी छमछमी नाचेर र गीत गाएर चर्चित बनिन् । कार्यक्रममा उपस्थित महिलाहरूको विच कानेखुसी नै चल्यो- 'रेखा साँच्चिकै ट्यालेन्ट रै'छिन् ।' जब रेखाले चर्चित डान्सर शंकर बिसीसँग गीत गाईन् तब उनको यस्तो गाईंगुईं चलेको हो ।
आमा सरस्वती मूभिजले आयोजना गरेको यो कार्यक्रममा सामाजिक क्षेत्रमा सक्रिय ५ जना महिलाहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुने महिलाहरूमा शान्ती श्रेष्ठ, शोभा पौडेल, इन्दिरा राना, उमा बस्नेत र कृष्णा यादव रहेका छन् । उनीहरुलाई दोसल्ला, नगद रू ११ हजार १ सय ११ र सम्मानपत्र सहित सम्मान गरिएको थियो । आमा सरस्वती मूभिजले हरेक बर्षको तीजमा बिभिन्न क्षेत्रमा काम गर्ने महिलाहरूलाई सम्मान गर्दै आएको छ ।
यस्तै कार्यक्रममा प्रल्हाद तिमल्सिना र मिलन अमात्यले रिलिज हुन लागेको फिल्म कालीको स्लोली स्लोली बोलको गीत गाएका थिए । यस्तै कार्यक्रममा कोमल ओली, निशा सुनुवार लगायतको गीतमा रेखा थापा, शुष्मा कार्की, बसुन्धरा भुषाल, दीपाश्री निरौला लगायत छमछमी नाचेका थिए भने हाँस्यकलाकार किरण केसीले पनि गीत गाएर सुनाएका थिए । मनोज गजुरेल, जितु नेपाल, शैलेन्द्र सिंखडा, शिवहरी पौडेल लगायतको ब्यङ्यात्मक प्रस्तुतीले कार्यक्रम मनोरञ्जनात्मक बनेको थियो ।

.jpg)

.jpg)
.jpg)
.jpg)

.jpg)
.jpg)
.jpg)
.jpg)

