Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(7 votes, avg 2.29/5.00)
Text size:-
+
-

बिन्दास २ : चोरीसँगै अष्लिलताको पराकाष्टा !

फिल्मीखबर, काठमाण्डौ, 2013/09/05

शुष्मा कार्कीको हट दृश्यकै कारणले चर्चित बनेको फिल्म बिन्दासको सिक्वेल बिन्दास २को पोस्टर कन्सेप्ट चोरीएको छ । हिन्दी फिल्म 'नशा'मा पुनम पाण्डेको उत्तेजक शरिरबाट प्रभावित हुँदै निर्देशक राजु गिरीले आफ्नो फिल्म बिन्दास २मा एक कलाकारलाई नङ्गाएका छन् ।

 

नाङ्गिन लाज नमान्ने बलिउडकी चर्चित मोडल तथा अभिनेत्री पूनम पाण्डेको नक्कल गर्दै निर्देशक गिरीले अनिशा गुरुङलाई बिन्दास २का लागि नङ्गाएका हुन् । प्रस्तुत फिल्मको पोस्टर डिजाईन हेर्दा निर्देशक गिरीले सस्तो प्रचारका लागि नायिकालाई नङ्गाएको बुझ्न सकिन्छ । यसअघि अभिनेत्री शुष्मा र पूजना प्रधानको अर्धनग्न फोटो पोस्टरमा प्रयोग गरेर हिट हुने खोजेका गिरीलाई यो पोस्टरले कुन गोरेटोमा लैजान्छ ? रिजल्ट छिट्टै देखिने छ ।

 

मधुकुमार श्रेष्ठले निर्माण गरेको फिल्म बिन्दास २का मुख्य पात्र भने जीवन लुईटेल, शुष्मा कार्की र शुशान्त कार्की हुन् । फिल्ममा बिन्दासकै संगीतकार अर्जुन पोखरेलले संगीत भरेका छन् । फिल्मले लागु औषधको कथा भन्ने छ । यो फिल्म तिहारको आवसर पारेर कार्तिक १५ गते रिलिज हुने बताईएको छ ।

 

बिन्दास २को पोस्टर हेरेपछि तपाईंको प्रतिक्रिया के छ ? कमेन्ट बक्समा जनाउनु होला !