Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपाल रिलिजको भोलीपल्ट अष्ट्रेलियामा ढुवानी प्रिमियर

फिल्मीखबर, काठमाण्डौ, 2013/09/04

आउँदो भाद्र २८ गते नेपालका हलमा रिलिज हुन लागेको फिल्म 'ढुवानी'को अष्ट्रेलियामा प्रिमियर गरिंदै छ । भाद्र २९ गते शनिबारका दिन सिड्नीमा थ्रीडी इभेन्टसले ढुवानीको प्रिमियर गर्न लागेको हो । अष्ट्रेलियाको समय अनुसार साँझ ६ बजे फिल्मको प्रिमियर हुनेछ । १ घण्टा ४५ मिनेटको यो फिल्मलाई बिश्वका अन्य मुलुकमा पनि रिलिज गर्ने तयारी निर्माण युनिटको छ ।
 

पिताम्वर पाण्डे निर्देशित फिल्ममा किशोर खतिवडा, प्रविण खतिवडा, धिरेन्द्र राज थापा, सगुन शाही, अनुजा गायक लगायतले अभिनय गरेका छन् । निर्देशक पाण्डेकै लेखन रहेको यो फिल्ममा हरि लम्सालको संगीत तथा पुरूषोत्तम प्रधानको छायाँकन रहेको छ । चेलिबेटी बेचबिखनको कथालाई मुख्य प्लट बनाएको फिल्म ढुवानीको भदौ २८ को रिलिज पछि माइती नेपालले अल नेपाल च्यारिटी राईट किनेको छ ।

 

ढुवानी युनिटले फिल्म प्रचारको लागी भदौ २२ गते भृकुटीमण्डप देखि धुलिखेल सम्म कार र्‍याली गर्दैछ । कार र्‍यालीमा फिल्म निर्माण युनिटको साथमा माइती नेपाल अध्यक्ष अनुराधा कोईरालाको समेत सहभागिता रहनेछ । बिहान ८ बजेबाट सुरु हुने र्‍यालीमा करिब चार सय कार सहभागी गराउने लक्ष्य रहेको निर्माता कविता श्रेष्ठको भनाई छ ।