Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अभिभावकसँगै हेर्नुस् राजेश र कोमलको राजनीति

फिल्मीखबर, काठमाण्डौ, 2013/09/04

१६ वर्ष मुनिका बालबालिकाले फिल्म राजनीति हेर्न अभिभावक साथमा लिएर जानुपर्नेछ । बसन्त निरौला निर्देशित यस फिल्मलाई चलचित्र जाँच पास समितिले प्यारेन्टल गाइडेन्स (पिजी) सर्टिफिकेट दिएको हो ।

 

द्धन्द्धको दृश्य र सुस्मा कार्कीको आइटम गीतलाई कारण देखाउँदै सेन्सर बोर्डले उक्त सर्टिफिकेट प्रदान गरेको निर्देशक निरौलाले बताए । फिल्म नेपालको वर्तमान राजनीतिक घटनाक्रसँग सम्बन्धित छ । अभिनेता राजेश हमाल र कोमल वली फिल्मका प्रमुख पात्र हुन् । अविवाहित यो जोडी पर्दामा पती पत्नीको भुमिकामा प्रस्तुत भएको छ ।

 

राजेश र कोमलको जोडीले दर्शकलाई हलसम्म तान्न मद्धत गर्ने निर्माण युनिटको विश्वास छ । फिल्ममा पवित्रा आचार्य, दीपक कुमार भट्टराई, दीपक सुवेदी रमेश बुढाथोकी लगायतको अभिनय छ । राजनीति यही भदौ २८ गते देशका विभिन्न हलमा प्रदर्शन हुँदैछ । फिल्मलाई बिएन फिल्सको व्यानरमा दीपक सुवेदी र दीपक कुमार भट्टराईले निर्माण गरेका हुन् ।