Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मजदूरका बालबच्चालाई निरौलाको सहयोग

फिल्मीखबर, काठमाण्डौ, 2013/09/04

इमाडोल ललितपुरमा रहेको श्री सूर्योदय बाल विकास प्राविमा फिल्म लेखक, निर्देशक एवं कलाकार मोहन निरौलाले त्यहाँका विद्यार्थीहरुलाई बालभोजन गराएर पुण्यको काम गरेका छन् । खासगरी उक्त सरकारी विद्यालयमा इँटा भट्टामा कार्यरत मजदुरहरुका बालबच्चाहरु अध्ययन गर्ने गर्दछन् ।

 

 

अव्यवस्थित परिवार हुनुका कारणले कतिपय विद्यार्थीहरु खाना नै नखाइकन विद्यालय आउने वा आइसकेका विद्यार्थी पनि खाजा खाने बहनामा गएपछि नफर्कने कारणले उक्त विद्यालयमा यस किसिमको खाजा खुवाउने प्रचलन गत बैशाखबाट नै सुरु भएको विद्यालयका प्रधानाध्यापक राजकुमार शाहले जानकारी गराएका छन् । आफ्ना स्व. बाबु पुण्यप्रसाद निरौलाको पुण्य तिथीमा फिल्मकर्मी निरौलाले बालभोजन गराएका हुन् ।



काठमाडौंको रिङरोडबाट एक किलोमिटरकै दूरीमा अवस्थित रहेको यस विद्यालयमा करिब १२५ जना मजदुरहरुका बालबच्चाहरु अध्ययन गर्ने गरेको जानकारी प्रधानाध्यापक शाहले जानकारी गराए । तर स्कुलको समय सकिन्जेल सम्ममा २५ जना पनि मुस्किलले नरहने कारणले गर्दा खाजाको सुरुवात गर्दा विद्यार्थीहरु अढ्ने गरेको पाइएकोले यो अभियान थालिएको विद्यालय प्रशासनले जनाएको छ । खाजा खुवाउने अभियानमा निरौलाले स्कुलका लागि स्थायित्व हुने गरी एक स्टोभ र ८० वटा प्लेटसमेत उपहार प्रदान गरेका थिए ।

 



फिल्मकर्मी निरौलाले विद्यालय भएर पनि अधिकांश मजदुरहरु आफ्नै अव्यवस्थित बसाइका कारण आफ्ना बालबच्चालाई शिक्षा दिक्षा दिन नसकिरहेको अवस्थामा यस्ता क्रियाकलापले विद्यार्थीहरु पढ्न उत्साहित हुने भएकोले आफू पनि यो अभियानमा सरिक भएको बताए । निरौलाले आफ्नो बाबुको पुण्य तिथीमा चार महिनादेखि हरेक महिना यो अभियान गरिरहेका छन् ।