Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.50/5.00)
Text size:-
+
-

वर्कशपमा क-कस्ले दिए उपदेश ?

फिल्मीखबर, पोखरा, 2013/09/02
'एक व्यक्ति एक फिल्म निर्माण'को प्रतिवद्धता सहित पोखरा फिल्म सोसाईटीले आयोजना गरेको फिल्म निर्देशन कार्यशाला गोष्ठी सकिएको छ । सोसाईटीले आयोजना गरेको यो दोश्रो फिल्म कार्यशाला हो ।
 
ास्कीको वेगनास तालको किनारमा भएको पाँच दिने कार्यशाला गएको ११ गतेबाट शुरू भएको थियो । कार्यशालामा कसरी न्यून मुल्यमा गुणस्तरीय फिल्म निर्माण गर्न सकिन्छ ? भन्नेमा केन्द्रित रहेको पोखरा फिल्म सोसाईटीका अध्यक्ष तथा कार्यशाला व्यवस्थापन समितिका संयोजक घनश्याम लामिछानेले जानकारी दिए । कार्यशालामा देशभरका विभिन्न स्थानका १९ जना सहभागी रहेको पनि संयोजक लामिछानेले जानकारी दिए ।
 
कार्यशालाको सहजीकरण ओस्कार कलेज अफ फिल्म स्टडिजका संयोजक मनोजवावु पन्तले गरेका थिए । कार्यशालामा फिल्म निर्देशनका वारेमा हु आयामिक विषयमा प्रशिक्षण भएको सोसाईटीका उपाध्यक्ष जितेश प्रधानले जानकारी दिए । उनले भने- 'पोखरा फिल्म सोसाईटीले बार्षिक रुपमा फिल्म निर्माणसँग सम्बन्धित रहेका व्यवहारिक समस्याका विषयमा कार्यशाला दिन्छ ।' अहिले फिल्म निर्माणमा क्षमता भन्दा पनि रहर ढी भएका सक्रिय हुँदा गुणस्तरिय फिल्म निर्माण हुन नसकेकाले यस्ता खालका कार्यशाला गोष्ठी आयोजना गर्नुपरेको पनि उनको धारणा थियो ।

कार्यशालाको अन्तिम दिनमा औपचारिक कार्यक्रम गरी प्रमाण पत्र वितरण गरि सकिएको छ । कार्यशालाको समापनका अवसरमा फिल्म निर्माता विनोद शेरचनले मोफसलमा रहेर पनि फिल्मका क्षेत्रमा विशेष योगदान दिएको भन्दै संस्थाको प्रशंसा गरेका थिए । उनले भने- 'संस्थाले पोखरामा रहेर व्यक्तिगत पहलमा यस्तो कार्यशाला गर्नु आफैमा चुनौती हो ।' अव राम्रा फिल्म वनाउने निर्देशकको आवश्यकता परेमा पोखराको विकल्प नहुनेमा पनि उनको जोड थियो । उनले भने- 'फिल्म पैसाले भन्दा पनि क्षमताले नाउने हो, त्यो क्षमता पोखरा फिल्म सोसाईटीका प्रत्येक सदस्यहरुमा देखेको छु ।'

कार्यक्रममा फेडरेशन अफ फिल्म सोसाईटीज अफ नेपालका अध्यक्ष राजेश गोंगजुले अव नेपालको प्रतिनिधित्व गर्दै पोखराका फिल्महरु विश्व जारमा जाने आशा व्यक्त गरे । उनले भने- 'यस्ता खालका कार्यशालाले पैसा मात्रै हुनेले फिल्म वनाउने हो भन्ने सोचको परिवर्तन गर्छ ।' उनले अझ अगाडी थपे- 'अ देखि नेपाल र नेपाल बाहिर हुने फिल्म महोत्सव तथा प्रतियोगिताहरुमा पोखराका फिल्महरु पनि सहभागी हुने वातावरणको सिर्जना गर्न मेरो पूर्ण साथ र सहयोग रहनेछ ।'
 
 
कार्यक्रममा रिर्सोस पर्सन मनोजबावु पन्तले राम्रा फिल्म निर्माणमा जेटको खासै भुमिका नरहने भन्दै राम्रा फिल्म मनबाट आउने धारणा राखे । उनले भने- 'तपाईहरु जती आफ्नो मन भित्रका कुराहरुलाई पर्दामा ल्याउने प्रयास गर्नुहुन्छ त्यति नै राम्रा फिल्म निर्माण हुन सक्छन् ।' उनले पैसा कमाउन भन्दा पनि मनको भावना ईमान्दार भएर बाहिर ल्याउन सके राम्रा फिल्म निर्माण हुने पनि धारणा व्यक्त गरे । कथाको अभावमा राम्रा फिल्म निर्माण हुने आम धारणामा परिवर्तन गरी साना-साना मानविय संवेदनालाई पर्दामा उतार्न पनि उनले अनुरोध गरे ।