Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 5.00/5.00)
Text size:-
+
-

नम्रता र अर्पणको सस्पेन्स लभ (भिडियो हेर्नुस्)

फिल्मीखबर, काठमाण्डौ, 2013/09/01

अर्पण थापा र नम्रता श्रेष्ठको लाउड साईलेन्स प्रेम 'मौन'को दोस्रो अफिसियल प्रोमो रिलिज गरिएको छ । सार्वजनिक प्रोमोबाट नम्रता र अर्पणको मौन प्रेमको साथमा फिल्म सस्पेन्स समेत रहेको बुझ्न सकिन्छ ।

 

असोज ११ (सेप्टेम्वर २७) गते हेर्न पाइने यो लभस्टोरी फिल्मलाई सुरज भुषालले निर्देशन गरेका हुन् । मौन क्वार्क फिल्म र आकाश आदित्य इन्टरटेनमेन्ट प्रालीको संयुक्त लगानीमा निर्माण भएको यो फिल्म  बहिरा युवाको रोमान्टिक प्रेमकथामा आधारित छ । मौनमा नवीन गौलीको कथा माथि संजय लामाले क्यामेरा चलाएका छन् । फिल्मका निर्माता पनि नबिन गौली नै हुन् ।

 

मौनमा अर्पण र नम्रताको साथमा शेखर चापागाई, बसन्त भट्ट, रश्मी, अरुणा कार्की, विजय बराल, दुर्गा बराईली आदि कलाकारको अभिनय छ । सुगम पोखरेल र स्वप्नील शर्मा (स्याडोज ब्यान्ड)को संगीत रहेको यस फिल्मका गीत भुपेन्द्र खड्काले लेखेका हुन् ।