Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

करिश्मालाई कस्ले दियो नेकलेस उपहार ?

फिल्मीखबर, काठमाण्डौ, 2013/08/27

भनिन्छ, नेपाली कलाकारका जर्बजस्त शुभ चिन्तक छैनन् । नेपाली कलाकारले दर्शक माझ त्यो किसिमको छाप छोड्न सकेका छैनन् । तर, यी आरोप राजेश हमाल, करिश्मा मानन्धर, रेखा थापा जस्ता स्टारहरुको हकमा भने लागु नभए जस्तो देखिन्छ ।

 

प्रसंग हो अभिनेत्री करिश्मा मानन्धरको । एक फिल्मको कार्यक्रममा पाहुना बनेर पुगेकी करिश्माले एक शुभ चिन्तकबाट अनौठो किसिमको माया पाइन् । आफुलाई दार्जिलिङबाट आएको बताउने ती महिला फ्यानले करिश्मा प्रति यति धेरै माया दर्शाइन् की करिश्मा उनको माया देखेर अवाक भइन् ।


महिला फ्यानले करिश्मासँग नजिक आएर केही बेर कुरा गरेकी थिइन् । कुराकानीको क्रममा करिश्माले उनलाई 'योर नेकलेस इज ब्यूटिफुल' भनेकी थिईन् । सायद उनलाई करिश्माको प्रसंशाले मनमा छोएछ क्यारे नेकलेस फुकालेर करिश्मालाई नै दिइन् । सुरुमा त करिश्मालाई अड फिल भएछ । ती फ्यानको जिद्धीपनले गर्दा करिश्मा नेकलेस लिन बाध्य भइन् ।

 

फ्यानले नेकलेस उपहार दिएको बारे करिश्मा भन्छिन्- 'यसले मेरो दर्शक माझ स्टारडम अझै बाँकी छ भन्ने देखाउँछ ।'