Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जसको बसेन बैंसमा घरबार

फिल्मीखबर, काठमाण्डौ, 2013/08/27

सायदः उनीहरुले व्यक्तिगत जीवनलाई त्यती ख्याल गरेनन्, जसकारण उनीहरुको समयमा घरजम हुन सकेन । पर्दामा कयौं पटक बिबाहित भुमिकामा देखिने कलाकारको वास्तविक जीवनमा भने बिहे हुन सकेको छैन । रजतपटमा केही यस्ता कलाकार छन् जो नेपालीको औसत बिहे गर्ने उमेर भन्दा पर पुगिसकेका छन् ।


बिहे नगर्नेमा कलाकारमा अभिनेता राजेश हमाल सबैभन्दा चर्चित व्यक्ति हुन् । भलै उनले आफ्नी प्रेमिका सार्वजनिक गरेका छन् । अभिनेता हमालले यही वर्ष प्रेमिकालाई दुलही बनाएर भित्र्याउने बताएका छन् । उनले अहिले आएर भने बिहेको महसुश हुन थालेको भनाई सार्वजनिक गरेका छन् ।


त्यस्तै अर्का अभिनेता श्रीकृष्ण श्रेष्ठ पनि अहिवाहित हुन् । कहाँ भेटिएलामा जोडी भएर प्रस्तुत भएकी श्वेता खड्कासँग नाम जोडिए पनि औपचारिक रुपमा उनीहरुले मुख खोलेका छैनन् । बिहे बारे श्रीकृष्ण मौन छन् ।

 

श्रीकृष्णकै समयकी हिट अभिनेत्री निरुता सिंहले पनि घरजम गरेकी छैनन् । हाल मुम्बईमा रहेकी भारतिय मूलकी यि नायिकासँग अहिले नेपाली फिल्मको दुरी टाढा छ  । निरुताले बिहे बारे कुनै योजना सार्वजनिक गरेकी छैनन् । निरुता समकालिन अभिनेत्री बिपना थापा, जल शाह र मेलिना मानन्धर बच्चा स्याहार्नमा व्यस्त छन् ।

 


कलाकारिताको व्यस्तताले घरजम गर्न नभ्याउनेमा मिथिला शर्मा पनि पर्न आउँछिन् । जीवन्त अभिनय गर्न सक्ने क्षमता राख्ने शर्माले आफु अविवाहित जीन्दगीमै खुसी रहेको बताउँछिन् । त्यस्तै एक समयकी अभिनेत्री एवम अहिलेकी चर्चित हाँस्य अभिनेत्री दिपा निर्रौला पनि अविवाहित हुन् । ज्योतीषले दिपालाई २०७१ साल भित्र बिहे हुने बताएका रे ! गाईजात्रे चटारोमा रहेकी दिपा भन्छिन्- 'ज्योतिष नै फेल भए भने मात्रै हो, नत्र ०७१ भित्र बिहे हुन्छ ।'


भदौ २८ गते प्रदर्शन हुने फिल्म राजनीति मार्फत अभिनेत्री बनेकी कोमल ओलीले पनि घरजम गरेकी छैनन् । लक्ष्य बाधक भएर आफुले बिहे नगरेको अभिनेत्री ओली बताउँछिन् । त्यस्तै अविवाहित कलाकारको कोटीमा अभिनेता सौगात मल्ल, राजबल्लभ कोइराला, कर्म, विनय श्रेष्ठ, सुमन सिंह, रेश मरहठ्ठा लगायत छन् । अभिनेत्री तर्फ भने रेजिना उप्रेती, गरिमा पन्त, निशा अधिकारी, नम्रता श्रेष्ठ, नन्दिता केसी, सरिता गिरी, पूजना स्त्री, ऋचा शर्मा लगायत छन् । बैंसमा बिहे नगरी बसेका यी कलाकारको लगन कहिले जुर्ला ?