Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

गुडबाई काठमाण्डौकी हिरोईन वान वेमा हिंड्दै

फिल्मीखबर, काठमाण्डौ, 2013/08/27

'गुडबाई काठमाण्डौ'की सह-नायिका माला सुब्बाको फिल्ममा फिर्ती हुँदैछ । नविन सुब्बा निर्देशित गुडबाई काठमाण्डौ प्रदर्शनमा आइसकेको छैन । फिल्म खेलेपछि मोडलिङमा हात हालेकी सुब्बाको 'वान वे' मार्फत कम ब्याक हुन लागेको हो ।

 

फिल्ममा उनले प्रमुख महिला पात्रको भुमिका निर्वाह गर्दै छिन् । साथमा अभिनेत्री करिश्मा मानन्धरको पनि अभिनय रहनेछ । वान वेलाई सुरज सुब्बा नाल्बोले निर्देशन गर्दैछन् । लगानी भने राजकुमार राईको रहनेछ । कम ब्याक बारे माला भन्छिन्- 'म अभिनयमा दक्ष भएर मात्रै फिल्ममा फर्किएकी हुँ । गुडबाई काठमाण्डौ खेले पछि मैले अभिनय सिकें ।'

 

धरान घर भएपनि माला राजधानीमा बस्दै आइरहेकी छिन् । भन्छिन्- 'बिचमा मलाई खासै फिल्म खेल्ने प्रस्ताव आएन । सायद म अभिनयमा पोख्त थिइन होला । वान वेमा जुन रोल दिइएको छ । त्यसलाई न्याय गर्न सक्छु ।' उनी थप्छिन्- 'प्रस्ताव आएमा अन्य फिल्ममा पनि खेल्न सक्छु । तर भुमिका राम्रो हुनुपर्छ ।'


यही १७ गते शुभ मुहर्त सहित फ्लोरमा जाने तयारी गरिरहेको वान वेमा माला सहित रविन तामाङ, सिद्धार्थ गुरुङ, विल्सन विक्रम राई, प्रकाश ओझा, जीवन राई लगायतको मुख्य अभिनय रहनेछ । फिल्म ग्याङस्टारको कथावस्तुमा आधारित छ । फिल्मको पटकथा डा.प्रदिप कुमार भट्टराईले लेखेका हुन् । संगीत रविन तामाङ र डम्वर नेपालीको छ ।