अभिनेता राजेश हमालले देशको बाग डोर सम्हाल्ने प्रति चर्को नारा लगाएका छन् । देशको विकास गर्नु पर्ने र गरिब जनतालाई रोजगारी दिनु पर्ने भन्दै हमाल राजनीतिज्ञ प्रति आक्रोशित भएका हुन् ।
फिल्म राजनीतिको एक गीतमा अभिनेता हमाललाई युवाको हुलसँगै यस्तै खाले नारा लगाएको देख्न सकिन्छ । बसन्त निर्रौला निर्देशित फिल्ममा अभिनेता हमालले समग्र राजनीति गर्ने युवालाई प्रतिनिधित्व गरेका छन् । हमालको अपोजिटमा कोमल ओली प्रस्तुत भएकी छिन् । साथमा पवित्रा आचार्यको फिल्ममा सञ्चारकर्मीको भुमिका छ ।
राजनीतिको 'जय नेपाल...' बोलको गीतमा अर्जुन पोखरेलको संगीत एवम् राजेश पायल राईको स्वर छ । शब्द दिपक सुवेदीको हो । यही भदौ २८ गते अल नेपाल प्रदर्शनमा आउन लागेको फिल्ममा दिपक सुवेदी, हरी पन्त र दिपक भट्टराईको संयुक्त लगानी छ ।

