Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

बिरामी भईन् महसुशकी गौरी

फिल्मीखबर, काठमाण्डौ, 2013/08/26

महसुशको दौडधुपले हैन । महसुशकी गौरी (केकी अधिकारी) शहरमा फैलिएको भाइरल ज्वरोको शिकार भएकी छिन् । केकी हिजो देखि जोरपाटी निवासमा वेड रेष्टमा छिन् । केकीलाई ओम हस्पिटलका चिकित्सकलले एक साता सम्म आराम गर्ने सल्लाह दिएका छन् । बिरामी भएपछि केकीले महसुशको मिडिया प्रोमोशन समेत सहभागीता जनाएकी छैनन् ।


महसुश देशका पर्दामा दोस्रो हप्तामा प्रदर्शनरत छ । फिल्ममा केकीले गाउँले चञ्चले गौरी पात्रको भुमिका निभाएकी छिन् । गौरी पात्रलाई फिल्म हेर्ने अधिकाशंले तारिफ गरेका छन् । नवल नेपाल निर्देशित महसुशमा केकीको साथमा अभिनेता आर्यन सिग्देल र वेनिशा हमालको पनि अभिनय  छ । फिल्मलाई कल्याण घिमिरेले निर्माण गरेका हुन् ।


निर्देशक बद्री अधिकारीकी छोरी केकीले महसुशमा देखाएको अभिनय कलाले उनको आगामी करिअरलाई राम्रो हुने धेरैको विश्वास छ । म्यूजिक भिडियो हुँदै स्वर फिल्म मार्फत केकीको रजतपटमा डेव्यु भएको थियो । केकीको प्रतिक्षित फिल्म बितेका पल प्रदर्शनको पखाईमा छ । माई प्रमिशमा पनि केकीको अभिनयलाई देख्न सकिन्छ । यी दुवै फिल्मलाई सुरज सुब्बा नाल्बोले निर्देशन गरेका छन् ।

 

केकीले तत्काल कुनै पनि फिल्म साइन गरेकी छैनन् । मसान देखि महसुश सम्म क्यारेक्टर क्विन देखिएकी केकीलाई फिल्मीखबरको तर्फबाट शिघ्र स्वास्थ्य लाभको कामना !