Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

कानुनको धम्की पछि भल्गर बर्बाद सेन्सर मुक्त !

फिल्मीखबर, काठमाण्डौ, 2013/08/26

भल्गर भनी प्रदर्शनमा रोक लगाइएका फिल्म प्रति सेन्सर वोर्ड खुकुलो भए जस्तो देखिन्छ । एटिएम देखि बर्बाद सम्मको सेन्सर पासले यस्तै देखाउँछ ।

 

सेन्सर वोर्डले ८० प्रतिशत भल्गर भनी प्रदर्शनमा रोक लगाएको बर्बाद सेन्सर मुक्त भएको हो । सेन्सर वोर्डले फिल्मलाई हिजो पिजी प्रमाण पत्र दिएको छ । यो प्रमाण पत्र प्राप्त फिल्मलाई बालबालिकाले अभिभावकको साथमा हेर्नुपर्छ ।

 

बर्बादको प्रचार सामाग्री सामाजिक सञ्जालमा आउट भएपछि सेन्सर वोर्डले फिल्म भल्गर भएको भन्दै सेन्सर गर्न अटेर गरेको थियो । तर, सेन्सर वोर्डले नहेरेरै फिल्मलाई भल्गर भनेपछि निर्माण युनिटले कानुन सम्म जाने धम्की दिएको थियो । निर्माता निरञ्जन सञ्जेल भन्छन्- 'कानुनी झमेला हुने भएपछि बर्बाद सेन्सुर मुक्त भएको हो ।' निर्माता सञ्जेलका अनुसार बर्बादका केही दृश्यहरु मात्रै संयोजन गरिएको छ । उनी थप्छन्- 'सेन्सर वोर्डले ती दृश्यहरु हेरेर पिजी प्रमाण पत्र दिएको हो ।'


फिल्मले समाजमा रहेका व्यक्ति कसरी बर्बाद हुन्छन् ? भन्ने विषयलाई उठनउ खोजेको निर्माताको दाबी छ । जिया केसी, गणेश गिरी र जिके शर्मा फिल्मका मुख्य पात्र हुन् । बर्बादको पटकथा पनि शर्माकै हो । रिम विश्वकर्मा निर्देशित फिल्मको रिलिज डेट तय भैसकेको छैन ।