Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बंगाली फिल्ममा शुभेच्छा

फिल्मीखबर, काठमाण्डौ, 2013/08/26

बंगाली फिल्म 'स्वर्णमुद्रा'मा अभिनेत्री शुभेच्छा थापा एसेप्ट भएकी छिन् । केही दिन देखी नेपालमा सुटिङ भैरहेको यस बङ्गाली फिल्मको युनिटले क्यारेक्टरमा फिट हुने भएपछि आफूलाई ओके गरेको शुभेच्छा बताउँछिन् ।

 

शुभेच्छा भन्छिन्- 'मेरो सदस्यता रहेको माई इन्भेस्टमेन्ट कम्पनी मार्फत फिल्म युनिटसँग कुराकानी भएको थियो । फिल्म युनिटले क्यारेक्टरमा फिट हुने भएपछि मलाई ओके गर्नु भएको हो । काम रमाइलोसँग भैरहेको छ ।' स्वर्णमुद्रामा शुभेच्छाले भक्तपुरकी महारानीको रोल प्ले गरिरहेकी छिन् । उनी फिल्मका तीन मुख्य महिला पात्र मध्येकी एक हुन् ।

 

स्वर्णमुद्राको सुटिङ नेपालमा अझै १५ दिन हुनेछ । सुटिङ स्थल भक्तपुर र नगरकोट क्षेत्र हुन् । होम प्रोडक्सनको फिल्म मिस नेपालको डविङ पछि शुभेच्छा यही फिल्म सुटको लागि कलकत्ता जानेछिन् । फिल्मलाई बंगाली श्रीजतले निर्देशन गरेका छन् । फिल्ममा शुभेच्छा सहित बंगाली कलाकार अभिषेक दास, सोहिनी बोस, अंकिता मजुन्दर लगायतको अभिनय छ ।