Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

तुलसी लिएर क्यानडा उड्दै घिमिरे दम्पती

फिल्मीखबर, काठमाण्डौ, 2013/08/26

अभिनेत्री ऋचा घिमिरे र निर्देशक शंकर घिमिरे तुलसी प्रिमियरका लागि क्यानडा उड्ने भएका छन् । पुत्र सहित घिमिरे दम्पती तीजमा दर खान क्यानडा पुग्नेछन् । घिमिरे दम्पतीको पासपोर्टमा क्यानेडियन एम्वेसीले दश वर्षको लागि भिसा स्विकृत गरि सकेको छ ।


शंकर घिमिरे निर्देशित फिल्मको क्यानडा प्रिमियरको व्यवस्थापन त्यहाँ स्थित एनआरएन क्यानडा र नेपाली सोसाइटी अफ क्याल्गडीले लिएका छन् । यी दुई संस्थाले क्यानडाका विभिन्न शहरमा चार शो गर्ने पक्का भैसकेको अभिनेत्रीले जानकारी दिएकी छिन् । अन्य शो भने त्यहाँ गएर थप गर्ने योजना छ । अहिले सम्म क्यानडाको क्याल्गडी, टोरन्टो र म्यानकोभरमा फिल्म शो गरिने पक्का भैसकेको छ ।


प्लेन टिकेटको व्यवस्थामा जुटेकी अभिनेत्री घिमिरे भन्छिन्- 'क्यानडा प्रिमियर पछि हामी अमेरिका तर्फ लाग्नेछौं । त्यहाँ कति समय बस्ने भन्ने कुरा दर्शकको फिल्म हेर्ने चाहनाले निर्धारण गर्नेछ ।' ऋचाको मुख्य अभिनय रहेको फिल्मलाई यसअघि मकाउ र लण्डनमा प्रिमियर गरिएको थियो । दुई देशमा रहेका नेपाली दर्शकले तुलसीलाई रुचाएको ऋचा सुनाउँछिन् । भन्छिन्- 'देश बाहिर रहनु भएका दर्शकको प्रतिक्रियाबाट हामी उत्साहित छौं ।'

 

सामाजिक कथा बोकेको तुलसीको नेपाल रिलिज भने टुंगो छैन । फिल्ममा ऋचाको साथमा विम्लेश अधिकारी र आयुष रिजालको पनि फिल्ममा मुख्य भुमिका छ । अभिनेता राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठ र अभिनेत्री तर्फ करिश्मा मानन्धर, तृप्ती नाडकर, मौसमी मल्ललाई फिल्मको एउटा गीतमा देख्न सकिन्छ । तुलसीमा अभिनेत्री अरुणिमा लम्साल भने विशेष भुमिकामा प्रस्तुत भएकी छिन् । रञ्जित गजमेरद्धारा संगीतवद्ध फिल्ममा दिपक बज्राचार्यको छायाँकन छ ।