Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अस्तायो `सुनको विहानी`

फिल्मीखबर, काठमाण्डौ, 2013/08/25

करिब दुई बर्ष अगाडी निर्माण गरिएको फिल्म 'सुनको बिहानी' नउदाउने भएको छ । झण्डै १० बर्ष पछि फिल्म निर्देशनमा व्याक भएका लक्ष्मीनाथ शर्माले फिल्मीखबरलाई फिल्म रिलिज हुने सम्भावना न्यून रहेको बताए ।

 

फिल्मको प्राबिधिक काम करिब सकिएको अवस्थामा पनि फिल्म रिलिज नहुने उनको भनाई छ । फिल्म किन रिलिज किन नहुने त ? उनी थप्छन्- 'कलाकार देखि प्राबिधिकसम्म अधिकांशले पारिश्रमिक पनि पाएका छैनन् । निर्माताको अत्तोपत्तो छैन । त्यसैले निर्माता सम्पर्कमा नआए फिल्म रिलिज हुँदैन ।'

 

 

युवाले चाहे भने देशमा सुनको बिहानी ल्याउन सक्छन् भन्ने थिममा आधारित रहेर निर्माण गरिएको यो फिल्मलाई ओम प्रकाश खापुङले निर्माण गरेका हुन् । तृप्ति नाड्कर, युना उप्रेती, सुवास मेचे, सुनिल थापा, विल्सन विक्रम राई, गणेश उप्रेती, दिनेश शर्मा लगायतको अभिनय रहेको यो फिल्मको सुटिङ पूर्वी नेपालको इलाम र झापामा गरिएको हो । खापुङ फिल्म्स प्रालिको ब्यानरमा फिल्म निर्माण भएको हो ।

 

निर्देशक शर्माले यसअघि बदलिंदो आकाश, वर पीपल, भाई टिका, मिलन, सारंगी, छोरी बुहारी, जीत जस्ता फिल्म निर्देशन गरेका थिए । अहिले उनी फिल्म निर्देशन गर्ने मुडमा छैनन् ।