Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 2.25/5.00)
Text size:-
+
-

सिक्किममा `अनमोल क्षण`

फिल्मीखबर, काठमाण्डौ, 2013/08/23

अंगालो यो मायाको फिल्म निर्माण गरेका सिक्किमेली नेपाली किशोर दुङ्मालीले पुन: अर्को फिल्म 'अनमोल क्षण - अ क्रिशमस इन सेप्टेम्बर' लिएर आउने तयारी गरेका छन् । हाल फिल्मको निर्माण कार्य अन्तिम चरणमा पुगेको बताईएको छ ।

 


फरक तीन स्थानबाट आएका तीन फरक युवाहरूको प्रेमकथालाई बोकेको फिल्म 'अनमोल क्षण - अ क्रिशमस इन सेप्टेम्बर'लाई अनमोल गुरूङले निर्देशन गरेका छन् । सिनै इन्टरप्राईजेजको व्यानरमा निर्माण गरिएको यो फिल्ममा स्नेहा राई, शलोम काबु, अनुरूप राई, तिमोथी राई, निता प्रधान, सन्ध्या सुन्दास, सुरज क्षेत्री, अबिगेल रसाईली, स्मृति राई लगायतले अभिनय गरेका छन् ।

 

 

भारतिय मुलका नेपाली भाषीहरूकै बाहुल्यता रहेको यो फिल्ममा निर्देशक गुरूङकै लेखन तथा संगीत रहेको छ । फिल्मको छायाँकन तथा सम्पादन पुनु लक्जोमले गरेका छन् । सिक्किम, कलिङपोङ र कलकत्तामा फिल्मको सुटिङ गरिएको हो ।