लाग्छ, भदौ र फिल्मकर्मीको जन्मदिन परिपूरक जस्तै हुन् । अभिनेत्रीद्धय अरुणिमा लम्साल र रेखा थापा, निर्देशकद्धय शिव रेग्मी र उज्जल घिमिरे, अभिनेता राजबल्लभ कोईराला लगायतको जन्मदिन यही महिनामा पर्छ ।

हाँस्य अभिनेत्री दिपाश्री निरौलाको जन्मदिन पनि यही (भदौ ७ गते) महिनामा पर्छ । तर, दिपाले नजन्मदै (भदौ ६ गते) जन्मदिनको केक काटिन् । दिपाले एक दिन अगाडी किन काटिन् केक ? हाँस्य व्याङग्यकार राजा राजेन्द्रले प्रष्ट्याए- 'राजनीतिक दल बिच पनि तोकेको मिति भन्दा एक दिन अगाडी नै सहमती होस् भनेर यसो गरिएको हो । चेतना भया !' मध्य बानेश्वर चोकमा रेडियो अडियोले आयोजना गरेको हाँस्य व्याङग्य गाईजात्रा कार्यक्रममा दिपाको जन्मदिनको केक काटिएको हो ।

हजार्रौ दर्शकका बिच पिता तुलसी प्रसाद निरौला, सञ्चारकर्मी ऋषी धमाला, न्यूज २४ टेलिभिजनका कार्यक्रम प्रमुख चिरञ्जिवी देवकोटा र रेडियो अडियोका प्रबन्ध निर्देशक दिपेन्द्र खनियासँग दिपाले केक काटेकी हुन् । केक काट्नु अघि दिपाले हाँस्य व्याङ्ग्य प्रस्तुती दिएकी थिईन् । देशलाई साँढेहरुले बिगारेकाले गाईजात्रा नभएर साँढे जात्रा मनाउनु पर्ने दिपाले व्याङग्य गरिन् ।

जन्मदिनको एक दिन अगाडी मध्य बानेश्वरमा केक काटेकी दिपाले उमेर बारे भने आफु जहिल्यै स्विट १६ रहेको बताईन् । रेडियो अडियोले हरेक बर्ष गर्ने गाईजात्रे कार्यक्रममा यसपाली सिताराम कट्टेल (धुर्मुस), केदार घिमिरे (माग्नेबुढा), आरपी भट्टराई, कमल गाउँले, दमन रुपाखेती लगायतले हाँस्य व्यङग्य प्रस्तुती दिएका थिए ।

