Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अमेरिका हिंडे निर्देशक डिसी

फिल्मीखबर, काठमाण्डौ, 2013/08/22

नेपाली कलाकर्मीको लागी कडा बन्दै गैरहेको अमेरिकी दुतावास निर्देशक दिनेश डिसी प्रति भने लक्की देखिएको भएको छ । निर्देशक डिसीलाई अमेरिकी दुतावासले पाँच वर्षे विजनेश भिसाको लागी अनुमती दिएको छ ।

 

डिसी आज (भदौ ६ गते मध्यन्ह्) को फ्लाइटमा अमेरिका तर्फ उडेका छन् । अमेरिकाको पैतिस दिने बसाईमा उनले विभिन्न स्टेज सो सञ्चालन गर्नेछन् भने फिल्म मायाज बारलाई पनि देखाउने छन् । निर्देशक डिसीको निर्देशनमा निर्माण भएको फिल्म मायाज बार नेपालमा एक बर्ष अगाडी नै प्रदर्शन भैसकेको छ । डिसीले नेप्लिज एसोसिएसन अफ साउथ इष्ट अमेरिकाको सम्मेलनमा सहभागिता पनि जनाउने बताईएको छ ।

 

डिसीले भर्खरै हाँस्य कलाकारको फिल्म 'छ एकान छ' सुटिङ सकेका छन् । ६ हप्ता लगाएर 'छ एकान छ' फिल्मको सुटिङ सकेका निर्देशक डिसीले उक्त फिल्मको पोस्टप्रोडक्सन कार्यलाई छोडेर अमेरिका यात्रा तय गरेका हुन् । 'वान लाईन एडिटिङ सकेर जानु भएको हो,' निर्माता निर्मल शर्माले भने- 'बाँकि पोस्टको काम हामी आँफै गर्छौं ।' फिल्मका अधिकांश कलाकार नै निर्देशक भएको र आफूमा पनि निर्देशनको ज्ञान भएकाले दिनेशको अनुपस्थितीमा पनि काम अगाडी बढ्ने उनको भनाई छ ।

 

नेपाली कलाकर्मीका लागी अमेरिकी दुतावास त्यती उदार छैन । विभिन्न प्रस्तुती लिएर अमेरिका पुगेका उनीहरु त्यतै बस्न थालेपछि दुतावासले कडाइ गर्न थालेको हो । आफ्ना पिता राजदुत हुँदा अभिनेता राजेश हमाललाई दुतावासले अमेरिका उड्ने अनुमती दिएको थिएन । भलै अभिनेता आर्यन सिग्देललाई पनि दुतावासले भिसा दिएन । आर्यनले दिएको आवेदन पत्रलाई दुतावासले नेपाल फर्कने स्पष्ट कारण नभएको भन्दै रिजेक्ट गरेको हो ।