Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शुक्रबार प्रदर्शन : सुमनको कुन फिल्म हेर्ने ?

फिल्मीखबर, काठमाण्डौ, 2013/08/22

संयोज या योजना ? यो शुक्रबार अभिनेता सुमन सिंहका दुई फिल्म एकसाथ प्रदर्शनमा आउँदैछन् । सुमन जुवाडे बनेको ग्याम्बलर र एक्सन रोलको करामत भोलीबाट अल नेपाल प्रदर्शनमा आउँदैछन् । साथमा कलाकार जयकिसन बस्नेतको लेखन, लगानी एवं निर्देशन रहेको दुई दुना पाँच पनि भोलीबाटै अल नेपाल प्रदर्शन आउँदैछ ।

 

रमेश बुढाथोकी निर्देशित ग्याम्बलर जुवा घरमा धाउने युवाहरुको कथा हो । रमेशले यसअघि पल, जुनतारा, अप्सरा जस्ता फिल्म निर्देशन गरेका थिए । फिल्मले जुवा खेल्दा आउने पारिवारिक विचलनलाई देखाएको छ । जुवाडेको भुमिका अभिनेता सिंहले निभएका छन् भने अभिनेता राजेश हमालको पनि मुख्य रोल छ । काठमाण्डौ र मोफसलका पर्दामा प्रदर्शन हुने यस फिल्ममा सुमन र राजेशको साथमा बिना बुढाथोकी, कल्पना शाही, सोनिया केसी लगायतको अभिनय छ ।

 

ग्याम्बलरसँगै अल नेपाल रिलिज हुने करामत एक्सन शैलीको फिल्म हो । सुमन सिंह मुख्य रोलमा देखिएको यस फिल्मका निर्देशक दिनेश पौडेल हुन् । राजु महर्जनको लगानी रहेको फिल्ममा लक्ष्मण शेषको संगीत छ । रोहि श्रेष्ठको लेखन रहेको फिल्म बिना प्रचार रिलिजमा आउन लागेको हो ।