Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पूर्वका हलमा दर्शकसँग आर्यनको महसुश

अर्पण ढकाल, धरान, 2013/08/21

आर्यन सिग्देल आफुले अभिनय गरेको फिल्मको प्रोमोसनमा खासै नहिड्ने नायकको रुपमा परिचित छन् । फिल्म रिलिज पश्चात समेत आर्यनले हल गएर दर्शकसँग प्रतिक्रिया लिएको खासै देख्न पाईदैन ।

 

 

पछिल्लो पटक आइ एम सरी रिलिज हुँदा दर्शक प्रतिक्रिया लिन पूर्वका हल आएका आर्यन यति बेला प्रदर्शन भैरहेको फिल्म महसुशको प्रतिक्रिया बुझ्न फेरि पूर्व आएका छन् । आर्यन महसुशको प्रोमोसनको लागि निर्माता कल्याण घिमिरेसँगै पूर्व आएका हुन् । पूर्वमा फिल्म प्रदर्शन भैरहेको धरान स्थित गणेश टाकिज, दमक स्थित निलकण्ठ चित्र मन्दिर र बिर्तामोड स्थित कृष्ण टाकिज पुगेर उनले दर्शकसंगै फिल्म हेरेर प्रतिक्रिया समेत लिए ।

 

 

पछिल्ला फिल्महरुले मध्यम व्यापार गरिरहेको अवस्थामा फिल्म महसुशले पूर्वका हलहरुमा राम्रो बिजनेस गरिरहेको छ । फिल्म हेर्ने दर्शकको संख्या दिन प्रतिदिन बढि रहेपछि निर्माता घिमिरे मक्ख देखिन्थे । त्यसो त फिल्मकी नायिका केकी अधिकारीको अभिनयको चौतर्फी तारिफ भैरहेको बेला दर्शकले केकीको खोजि समेत गरेका थिए । पूर्वको झन्डै आधा दर्जन फिल्म घरमा प्रदर्शन भैरहेको महसुशलाई नवल नेपालले निर्देशन गरेका हुन् ।