Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

यस्तो रह्यो अरूणिमाको बर्थडे पार्टी (फोटोफिचर सहित)

फिल्मीखबर, काठमाण्डौ, 2013/08/20

अभिनेत्री अरूणिमा लम्सालले मंगलबार साँझ राजधानीको एक रेष्टुरेण्टमा आफ्नो ३२ औं जन्मदिन सेलिब्रेट गरिन् । आफ्नै समकक्षी अभिनेत्री सञ्चिता लुईटेल र ऋचा घिमिरे सहित अभिनेताद्धय दिलिप रायमाझी र मुकेश ढकाल सहित परिवारको साथमा अरूणिमाले जन्मदिनको केट काटिन् ।


अरूणिमाको जन्मदिन सेलिब्रेसनमा मुख्य आकर्षण उनी सहित सञ्चिता र ऋचाका सन्तान मुख्य आकर्षण बने । छोरी अक्षेताको साथमा जन्मदिन सेलिब्रेसन गर्न उपस्थित भएकी अरूणिमालाई शुभकामना दिन सञ्चिता छोरा निलेश र ऋचा छोरा मिजासलाई लिएर बर्थडे पार्टीमा उपस्थित थिए ।


सबैभन्दा रमाईलो कुरा, आमा जस्ता सन्तान पनि उस्तै हुँदा बर्थडे पार्टीमा छुट्टै रौनक थियो । स्लिम अरूणिमाको छोरी पनि स्लिम नै थिईन् भने निकै मोटाएका दुई अभिनेत्री सञ्चिता र ऋचाका छोराहरू आमा जस्तै हस्टपुस्ट थिए । हेरौं, अरूणिमाको जन्मदिन पार्टीमा खिचिएका केहि आकर्षक तस्विरहरू -