Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

`कम्प्रमाईज गर्नु परे फिल्म नै खेल्दिन` : अनामिका (नव नायिका)

फिल्मीखबर, काठमाण्डौ, 2013/08/19

कमलकृष्ण निर्देशित फिल्म 'प्राण भन्दा प्यारो' मार्फत रजतपटमा अनामिका चौलागाईं नव नायिकाको रुपमा आउँदै छिन् । मानविकी संकायमा प्रविणता प्रमाणपत्र तह हासिल गरेकी अनामिका भन्छिन्- 'कम्प्रमाईज गरेर फिल्म खेल्दिन ।'

 

जन्मथलो काभ्रेपलाञ्चोक जिल्ला भए पनि विगत चार वर्ष देखि राजधानी बस्दै आएकी अनामिका थप्छिन्- 'छाडा फिल्ममा काम गरेर मलाई रातारात हिट हुनु छैन । बरु वर्षमा एउटा फिल्म खेल्छु तर निरन्तर यही क्षेत्रमा रहन्छु ।' सानै देखी अभिनय र नृत्यमा सौखिन अनामिका आफ्नो क्षमताले प्राण भन्दा प्यारो खेल्ने अवसर पाएको बताउँछिन् । भन्छिन्- 'मेरो आत्मविश्वास देखेर कमल सरले मलाई अवसर दिनुभयो ।'

 

सुटिङ सेटमा निर्देशक कमलकृष्णले आफुलाई धेरै नै सहयोग गरेको उनको भनाई छ । भन्छिन्- 'गाली गरेर होस् या माया गरेर उहाँले मलाई राम्रो अभिनय गर्न सहयोग गर्नुभयो । सुटिङ अवधीभर हामी परिवार जस्तो भएर काम गर्यौं ।' नव अभिनेता बासु पुडासैनीले पनि आफुलाई उत्तिकै सहयोग गरेको उनले सुनाइन् ।

 

फिल्म क्षेत्रमा नायिका माथि हुने विभेदका घटना पढ्न र सुन्न पाएकी अनामिका आफु माथि भने त्यस्तो घटना नभएको अनुभव साट्छिन् । भन्छिन्- 'मैले पनि यस्ता घटना नसुनेकी हैन । तर, सुने जस्तो चाहि हैन रहेछ यो क्षेत्र ।' अनामिका दोहोर्याउँछिन्- 'कथाले त्यस्तो पनि माग्दैन होला कि जुन समाजमा अपच हुन्छ । समाजलाई अपच हुने फिल्ममा अभिनय गर्ने छैन ।' असोज ४ गते अल नेपाल प्रदर्शन हुने फिल्ममा अनामिका मुख्य महिला पात्रको भुमिकामा प्रस्तुत छिन् ।