हाल पोष्टप्रोडक्सनमा रहेको फिल्म 'काले'को पहिलो अनुहार अर्थात फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । निर्देशक उद्धब अबिदितले आफ्नो फेसबुक मार्फत कालेको पहिलो अनुहार भन्दै पोस्टर रिलिज गरेका हुन् । महेश गिरीको निर्माण तथा निर्देशक उद्धबको कथा रहेको कालेले नेपालको दुर्गम कर्णाली भेगमा व्याप्त अशिक्षा, अन्याय र अत्याचारको कथा भन्छ ।

फिल्ममा जेनिशा केसी, निस्तेज निरौला, दिनेश दुलाल, सदिक्षा अर्याल, महेश गिरी लगायतले अभिनय गरेका छन् । फिल्ममा सुरेश अधिकारीको संगीत, कविराज गहतराजको नृत्य, रोशन श्रेष्ठको द्धन्दनिर्देशन रहेको छ । ब्रबिम फिल्म्स् प्रालिको ब्यानरमा निर्माण गरिएको यो फिल्मलाई राजुबिक्रम थापाले खिचेका हुन् । यो फिल्मको नाम शुरूमा खुर्पा राखिएको थियो ।

