Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 4.83/5.00)
Text size:-
+
-

सौगात भन्छन्- `नम्रताको सबै राम्रो`

फिल्मीखबर, काठमाण्डौ, 2013/08/19

सम्झना रौनियार उप्रेती निर्देशित फिल्म 'मेघा'मा अभिनेता सौगात मल्ल र अभिनेत्री नम्रता श्रेष्ठको जोडीलाई हेर्ने दर्शकको चाहना सफल हुन सकेन । सौगातले समय निकाल्न नसेकपछि मेघामा रेमनदाश श्रेष्ठलाई ईन्ट्री गराइयो । तर, पनि फिल्म मेघाको पहिलो प्रेस मिटमा भने सौगात सहभागी भए ।

 

फिल्मीखबरले मेघाको प्रेस मिटमा सौगात र नम्रताको फोटो खिचेको थियो । सौगात र नम्रताले सर्ट फिल्म वशमा छैन मेरो मन र फिचर फिल्म छड्केमा सँगै काम गरेका छन् । निकट भविष्यमै पर्दामा सँगै देखिन थालेका उनीहरू नजिकका साथी पनि मानिन्छन् । अबको फिल्म नगरीलाई हाँक्ने भनेर विश्लेषण गरिएका सौगात र नम्रतासँग एक अर्काको विषयमा फिल्मीखबरले बुझ्ने प्रयास गरेको छ -

 

'नम्रताको रुप बारे मैले बोली राख्नु पर्दैन । ऊ असाध्यै मेहनती मान्छे हो । मलाई उसका हरेक पक्ष राम्रा लाग्छन् । अभिनयमा नम्रताले सुधार गर्दै गएको पाएको छु । उसमा मैले सुधार गर्नुपर्ने पक्ष खासै देखेको छैन,' नम्रता बारे सौगातले संक्षिप्त बयान गरे ।

 

 

सौगात बारे नम्रता भन्छिन्- 'मैले सानो संसार सुटिङको बेला सौगात दाईको तारा वाजी लै लै भन्ने नाटक हेर्ने मौका पाएको थिएँ । त्यहि बेला देखि नै म उहाँको फ्यान भएँ । मलाई उहाँको सबैभन्दा बढि मन पर्ने पक्ष भनेकै अभिनय हो । सौगात दाईसँग छड्केमा सँगै काम गर्ने मौका मिल्यो । एक महिनाको वर्क सपमा उहाँबाट मैले धेरै कुरा सिक्ने मौका पाएँ । काम गर्न उहाँ धेरै नै सजिलो हुनुहुन्छ । उहाँको जुन क्यारेक्टर छ, त्यसकारण नै उहाँ सौगात मल्ल भएको हो । त्यसैले उहाँले सुधार गर्नु पक्ष केही छैन । तर पनि कम बोल्ने बानीलाई भने दाईले सुधारे रामो हुने थियो ।'

 

 

अभिनेता मल्ल र अभिनेत्री श्रेष्ठ वर्तमान फिल्म नगरीका व्यस्त कलाकार हुन् । अबको फिल्म ईन्डष्ट्री सौगात र नम्रताले हाँक्ने फिल्मकर्मीको आँकलन छ । लुटका हाकु कालेको थुप्रै प्रोजेक्ट पाइप लाइनमा छन् भने अनुप बरालको निर्देशनमा निर्माण हुँदै गरेको 'फिटकिरी'मा पनि उनको दमदार रोल रहेको बताइएको छ । 'सौर्य' रिलिजको पर्खाईमा रहेका सौगात हाल उत्सवको वर्कसपमा व्यस्त छन् । त्यस्तै सानो संसारबाट उदाएकी नम्रता भने 'मौन' र 'मेघा' प्रदर्शनको पर्खाईमा छिन् । 'अधकट्टी'मा केमियो रोलमा देखिन लागेकी नम्रता केही समय पछि आर्यनको फिल्म 'नोभेम्वर रेन'मा व्यस्त हुनेछिन् ।