Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

नेफ्टा अवार्डमा निरुता नाच्ने

फिल्मीखबर, काठमाण्डौ, 2013/08/19

भाइको उच्च शिक्षाको लागी मुम्बईमा रहेकी अभिनेत्री निरुता सिंह केही दिनमै राजधानी भित्रिदै छिन् । अभिनेत्री सिंह मलेसियामा हुने नेफ्टा अवार्डमा लागी कम्मर मर्काउन काठमाण्डौ आउन लागेकी हुन् ।

 

'उहाँलाई लजिङ र फुडिङको व्यवस्था नेफ्टाले गर्नेछ,' नेफ्टा प्रमुख मनोज केसीले जानकारी दिए । मलेसियामा हुने छैठौं नेफ्टा अवार्डमा निरुताले पन्ध्र मिनेट जतिको प्रस्तुती दिनेछिन् । निर्देशक कमल राई र गोविन्द राईले निरुतालाई नृत्यको प्रशिक्षण दिने केसीले बताए । नेफ्टा अवार्डको छेको पारेर काठमाण्डौ आउन लागेकी निरुताले केही विज्ञापनमा मोडलिङ समेत गर्ने बताइन्छ ।

 

दर्पण छायाँ, दक्षिणा, आफ्नो मान्छे, अजम्बरी नाता जस्ता फिल्मकी हिट अभिनेत्री निरुता सिंहको अहिले भने नेपाली फिल्म क्षेत्रमा उपस्थिति शून्य जस्तै छ । पछिल्लो पटक उनी अभिनित फिल्म 'द गेम', 'फर्कि आऊ' र 'मलाई मन पर्यो'ले सफलताको स्वाद चाख्न पाएन । त्यसपछि निरुताको फिल्ममा उपस्थिति देखिएको छैन । फिल्ममा देख्न नपाए पनि नेफ्टा अवार्डमा भने दर्शकले उनलाई पक्कै देख्न पाउने छन् । नेफ्टामा निरुतासँगै प्रस्तुती पस्कने कलाकारको लिस्ट सार्वजनिक हुन बाँकी नै छ ।