Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

यसरी पनि गरिन्छ कार्यक्रमको उद्घाटन !

फिल्मीखबर, काठमाण्डौ, 2013/08/18

औपचारिक कार्यक्रमको उद्घाटन कसरी गरिन्छ ? कार्यक्रमको संरचनामा भर पर्न सक्छ । सामान्यतया: औपचारिक कार्यक्रमको उद्घाटन दिप ज्वलन गरेर या रिवन काटेर गर्ने गरेको पाइन्छ । तर, हिजो किरण केसी राता मकैले आयोजना गरेको सम्मान कार्यक्रमको उद्घाटन भने फरक शैलीले गरियो ।

 

 

नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्डमा आयोजित 'हाँस्य ब्यङ्ग्य हिजो आज र भोली २०७० छलफल'को औपचारिक उद्घाटन हाँसेर गरियो । हाँसेर कार्यक्रमको औपचारिक उद्घाटन गरिएको सम्भवतः नेपालमा पहिलो पटक हुन सक्छ । हाँस्य सम्राट मह जोडी र ध्रुब रत्न हाँडालाई सम्मान गरिएको कार्यक्रमका सञ्चालक लय संग्रौलाले प्रमुख अतिथि सहित उपस्थित सबै पाहुनालाई हाँस्न लगाएका थिए ।

 

 

सञ्चालकले भने अनुरुप सबै जना उठेर ६० सेकेन्ड हाँसेका थिए । हाँसेर उद्घाटन गरिएको कार्यक्रमको अवधी लामो हुँदा भने प्रायको अनुहार निराश देखिन्थो । कार्यक्रमको अवधी लामो हुन जाँदा पाहुनाले भन्दै थिए- 'बोल्ने बक्ताले पनि हाँसे मात्रै हुने थियो नि !'