Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

महिला चलचित्रकर्मी मञ्चलाई एम्बुलेन्स दिन्छु : प्रचण्ड

फिल्मीखबर, काठमाण्डौ, 2013/08/17

एमाओवादी अध्यक्ष पु्ष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाल महिला चलचित्रकर्मी मञ्चलाई एम्बुलेन्स उपलब्ध गराउने आश्वासन दिएका छन् । मञ्चको पहिलो वार्षिक उत्सब कार्यक्रममा प्रमुख अतिथि बनेर पुगेका अध्यक्ष दाहालले आउने माघ महिना भित्र एम्वुलेन्स उपलब्ध गर्ने वचन दिएका हुन् ।

 

 

छोटो समय मात्रै कार्यक्रममा रहेका अध्यक्ष दाहालले आफु फिल्म क्षेत्रको हितको पक्षमा रहेको भनाई राखे । चलचित्रकर्मी मञ्चको पहिलो वार्षिक उत्सब कार्यक्रममा अध्यक्ष दाहालले केक काटेर खुवाएका थिए । अभिनेत्री मौसमी मल्ल अध्यक्ष रहेको चलचित्रकर्मी मञ्चले पहिलो वार्षिक उत्सब सेलिव्रेसनसँगै महिला कलाकारहरुलाई दर पनि खुवाएको छ ।

 

 

ज्ञानेश्वर स्थित रिजेन्सी बैंक्वेटमा करिब डेढ सय महिला कलाकार उपस्थित भएको अध्यक्ष मल्लले जानकारी दिइन् । कलाकार रुपा राना उपाध्यक्ष रहेको उक्त मञ्चमा करिब दुई सय महिला चलचित्र कलाकारले सदस्यता लिएका छन् । मञ्चले यसअघि रत्तदान जस्ता विभिन्न सामाजिक सेवाका कार्य आयोजना गर्दै आएको छ ।

 

 

तस्विर : महेश्वर मान सिंह